रिभिएन इलेक्ट्रिक पिकअप ट्रकको क्याम्पर भर्सन, गाडीमा नै खाना पकाउने सुविधा

Technology Khabar ५ जेष्ठ २०७६, आईतवार

काठमाडौं ।

काठमाडौं । इलेक्ट्रिक पिकअप ट्रक निर्माता स्टार्टअप कम्पनी रिभिएनले विभिन्न फीचरहरुसहितको नयाँ इलेक्ट्रिक पिकअप ट्रक आरवानटी R1T को क्याम्पर भर्सन सार्वजनिक गरेको छ ।

कम्पनीले आरवानटी इलेक्ट्रिक पिकअप ट्रक गत वर्ष घोषणा गरेको थियो जसलाई कम्पनीले एडभेन्चर भेहिकलको रुपमा प्रबद्र्धन गरिरहेको छ ।

यो नयाँ भर्सनको इलेक्ट्रिक पिकअप ट्रकमा १८० किलोवाटको ब्याट्री प्याक राखिएको छ भने पिकअपले ४०० माइलसम्मको रेन्ज प्रदान गर्दछ । यसमा कम्पनीले मोडूलर बक्स सिस्टम राख्ने प्रयास गरेको छ, जसले इलेक्ट्रिक पिकअप ट्रकलाई विभिन्न किसिमले प्रयोग गर्न सकियोस् ।

क्याम्पर भसर्नको आरवानटी इलेक्ट्रिक पिकअप ट्रकमा टेन्टसहितको बेड राखिएको छ भने सोहि बेड र क्याबिनको बिचमा टनेल बनाईएको छ । जहाँ सजिलै किचेन सिस्टम राखेर खाना बनाउन र खान सकिन्छ ।

सो किचेन प्रोटोटाइपमा दुई वटा इन्डक्सन बर्नर, एउटा सिंक, ५ ग्यालेनको पानी राख्ने स्थान र खानापकाउने भाँडाहरु राख्न सकिने सुविधा छ ।

फोर्ड र अमेजनले समेत लगानी गरेको सो स्टार्टअप कम्पनीको इलेक्ट्रिक पिकअप ट्रक आरवानटी आगामी वर्षदेखि बजारमा आउनेछ जसको शुरुवाती मूल्य ६९ हजार अमेरिकी डलर हुनेछ ।

प्रकाशित: ५ जेष्ठ २०७६, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

५ जेष्ठ २०७६, आईतवार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

५ जेष्ठ २०७६, आईतवार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

५ जेष्ठ २०७६, आईतवार