काठमाडौं ।
काठमाडौं । अनलाइनमा व्यक्तिगत डाटा तथा जानकारीहरु लीक हुने विषय कुनै नयाँ होईन तर निकै सुरक्षित र भरपर्दो मानिएको गूगलको जीमेलमार्फत प्रयोगकर्ताहरुको किनमेलको जानकारी राख्ने गरेको पत्ता लागेको छ ।
हालै सार्वजनिक एक रिपोर्टअनुसार तपाईँले गरेको हरेक अनलाइन किनमेलको बारेमा गूगलले जानकारी राख्ने गरेको पत्ता लागेको छ । यो जानकारी यूजर्सका लागि निजी वेब टूलको माध्यमबाट उपलब्ध हुन्छ । कम्पनीकाअनुसार यो वेब टूलले तपाईँको डाटा गोपनीय राख्छ ।
अर्थात जीमेल यूजर्सले अनलाइनमा किनेको खरिद बिल जसलाई पर्चेज अर्डर पनि भनिन्छ त्यसको जानकारी ग्राहकको कारोबार व्यवहार बुझ्नको लागि राख्ने गरेको हो । यदि तपाईँले कुनै अनलाइनको एप वा वेबसाइटमार्फत सामान वा सेवा खरिद गर्नुभयो भने त्यसको डिजिटल रिसिप्ट तपाईँले दिएको जीमेल एड्रेसमा जान्छ र पछि तपाईँले त्यसलाई हेर्न सक्नुहुन्छ । तर सो डिजिटल रिसिप्टको आधारमा गूगलले त्यसको लिस्ट बनाउने गरेको आरोप लागेको हो ।
गूगलले भने त्यो प्रयोगकर्ताको खरिदारीलाई सजिलो बनाउनका लागि पर्जेजेजको ट्र्याक गर्ने गरिएको तर सो केवल प्रयोगकर्ताले मात्र हेर्न सक्ने बताएको छ ।
‘तपाईँले यो सूचना कुनैपनि बेला डिलिट गर्न सक्नुहुन्छ, हामी तपाईँको जीमेल मेसेजबाट कुनैपनि जानकारीहरु विज्ञापन देखाउनका लागि प्रयोग गर्दैनौं,’ गूगलका प्रवक्ताले भने । गूगलकाअनुसार प्रयोगकर्ताले पूर्णरुपमा ट्रयाकिंगलाई बन्द समेत गर्न सक्नेछ ।
विश्लेषकहरुले भने त्यसलाई सजिलै हटाउन नसकिने बताएका छन् । तपाईँको पर्चेजेजबाट त्यसलाई डिलिट गरिएपनि त्यो भरपर्दो किसिमको नभएको बताईएको छ । सिएनबीसीबाट
प्रकाशित: ५ जेष्ठ २०७६, आईतवार