
काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सातै प्रदेशहरुमा रहेका सरकारी विद्यालयहरुमा आईटी ल्याब बनाउनेभएको छ । प्राधिकरणले बिहिबार सार्वजनिकरुपमा सातै प्रदेशका ९३० वा सरकारी तथा सामुदायिक विद्यालयहरुमा आईटी ल्याब बनाउन बोलपत्र आव्हान गरेको छ ।
सो सार्वजनिक बोलपत्र सूचनाअनुसार डिजिटल नेपालको अभियानलाई पुरा गर्न र त्यसको आधार तयार गर्न आईटी ल्याब बनाउन लागिएको हो ।
प्राधिकरणले स्थानिय तहमा आईसिटीको विकास गर्न र शिक्षाको गुणस्तर सुधार गर्न आईटी ल्याब बनाउन लागिएको हो ।
आइटी ल्याब बनाउनका लागि ९३० सरकारी विद्यालयहरुमा सामाग्री र उपकरणहरु आपूर्ति, निर्माण र स्थापना र व्यवस्थापन गर्न सक्ने कम्पनीहरुले सो बोलपत्रमा सहभागी हुन सक्नेछन् ।
सो बिडमा सहभागी हुनका लागि कम्तिमा १० वर्ष सम्बन्धित उपकरणहरु तथा सेवाहरु प्रदान गरेको अनुभव भएको कम्पनी हुनुपर्ने उल्लेख छ । त्यसैगरि सरकारी निकायहरु वा निजी संस्थाहरुमा सोहि प्रकृतिको सामाग्री तथा सेवाहरु प्रदान गरेको ५ वर्षको अनुभव हुनुपर्नेछ ।
विगत ५ वर्षमा कम्तिमा १८ करोड रुपैयाँ बराबरको सामाग्रीहरु आपूर्ति गरेको अनुभव हुनुपर्नेछ भने विगत ५ वर्षभित्र कम्तिमा २ अर्बको कारोबार गरेको हुनुपर्ने योग्यता बोलपत्रमा सहभागी कम्पनीहरुको लागि तोकिएको छ।
यसअघि नै प्राधिकरणले चालु आर्थिक वर्षभित्रै ९३० स्थानियतहका सरकारी तथा सामुदायिक विद्यालयहरुमा आईटी ल्याब बनाउने भनेर विद्यालयहरु छनौट गरिसकेको छ ।

प्रकाशित: २ जेष्ठ २०७६, बिहीबार