सुविसु कनक्लेभ २०१९ आयोजना, सूचना प्रविधिको विकास र अवस्था बारे छलफल

  • Technology Khabar | १ जेष्ठ २०७६, बुधबार

काठमाडौं ।

काठमाडौं । सूचना प्रविधि सेवा प्रदायक कम्पनी सुविसु केवलनेट प्रालीले एकदिने सुविसु कनक्लेभ २०१९ आयोजना गरेकोछ।

सूचना, सञ्चार तथा प्रविधिलाई प्रबद्र्धन गर्न विभिन्न नयाँ विषयमा बहस गर्न राजधानीमा बुधबार सो कार्यक्रम आयोजित गरिएको जानकारी दिएको छ ।

सो कार्यक्रममा ब्लकचेन प्रविधि र साइबर सेक्यूरिटी, क्वूओएस अफ इन्टरनेट, आइओटीलगायतका विषयमा छलफल भएको छ ।

कार्यक्रममा प्रमुख प्रस्तोतको रुपमा नेपालका सूचना प्रविधि अभियन्ता महावीर पुनले बोलेका थिए । उनले नेपालमा सूचना प्रविधिको विकास, अन्तराष्ट्रिय अभ्यास, राष्ट्रिय आविश्कार केन्द्रलगायतका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा विश्वका विभिन्न प्रविधि कम्पनीले पनि सहभागिता जनाएका छन् । कार्यक्रममा टाटा, सिओएमएम, नोकिया, टाइको, भेरिटिभ जस्ता कम्पनीका प्रतिनिधिले सूचना प्रविधिको नयाँ क्षेत्र र अवसरको बारेमा बोलेका थिए ।

सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधि र अभ्यासलाई नेपालमा पनि स्थापित गराउन कार्यक्रम सफल भएको कम्पनीको विश्वास छ।

प्रकाशित: १ जेष्ठ २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार