
काठमाडौं ।
काठमाडौं । इन्टान्ट मेसेजिंग एप ह्वाट्सएपमा यूजर्सको कल ह्याक गर्न सकिने गंभिर जोखिम भेटिएको छ । ह्वाट्सएपले हालै सार्वजनिक गरेको जानकारीअनुसार यूजर्सको फोन टाढैबाट पनि सिधै ह्याक गर्न सकिने किसिमको गंभिर कमजोरी पत्ता लगाएको हो ।
फेसबुकद्धारा अधिग्रहण गरिएको इन्क्रिप्टेड मेसेजिंग सेवा कम्पनीले यो कमजोरी पत्ता लगाएको र त्यसलाई तत्काल आक्रमणकारीले आक्रमण गर्नसक्ने संभावनालाई बन्द गरिएको जानकारी दिएको छ ।
रिपोर्टअनुसार ह्याकरले पिडित प्रयोगकर्ताको फोनमा ह्वाट्सएपबाट भ्वाइस कलमार्फत दूर्भावनापूर्ण कोड राख्न सक्नेथियो । कुनैपनि टार्गेट नम्बरमा भ्वाइस कल गरेर ह्वाट्सएपको कमजोरीको फाईदा उठाएर उसको मोबाइलमा स्पाइवेयर राख्न सकिने थियो ।
सबैभन्दा गंभिर विषय भनेको ह्याकरले सिधै टार्गेट गरिएको स्मार्टफोनलाई आफ्नो नियन्त्रणमा लिन सक्ने थियो । यसरी ह्याकरले यूजर्सको च्याट्स, कल, माइक्रोफोन, क्यामरा, फोटोहरु, कन्ट्याक्ट्ससहित स्मार्टफोनमा भएका सबै संवेदनशिल तथा व्यक्तिगत डाटा सिधै लिनसक्दथ्यो ।
ह्वाटस्एपले हाल यो समस्यालाई समाधान गरिएको र अब त्यस्तो जोखिम नभएको बताएको छ ।
ह्वाट्सएपले यो कमजोरी मे महिनाको शुरुवातमा नै पत्ता लगाएको थियो र यसको लागि एडभान्स्ड साइबर एक्टर जिम्मेदार भएको उल्लेख गरेको छ । यो मालवेयरले कतिवटा नम्बरहरु प्रभावित भएको छ भन्ने अझै जानकारी छैन् ।
यो आक्रमणमा सबै हलमार्क छन जून प्राइभेट कम्पनीमा हुन्छन र सकारका साथ मिलेर फोनलाई प्रभावित गर्ने काम गर्दछन् । ह्वाट्सएपका प्रवक्ताले भने ।
यदपि ह्वाट्सएपले त्यो प्राइभेट कम्पनीको नाम भने उल्लेख गरेको छैन् । तर यसमा इजरायली साइबर कम्पनी एसएसओ ग्रुपले आक्रमण गर्न सहयोग गरेको सिएनएनको रिपोर्टमा उल्लेख छ । सो कम्पनीले पिडितको स्मार्टफोनको गुप्तचरी गर्न शक्तिशाली मालवेयर डिजाइन गरेको थियो ।
तर एनएसओले भने आफू सो घट्नामा संलग्न नभएको तर सो प्रविधि विभिन्न सरकारी एजेन्सीहरुलाई उपलब्ध गराउने गरेको उल्लेख गरेको छ ।
सो आक्रमण विशेषगरि लण्डनमा आधारित भएर मानवअधिकारको क्षेत्रमा काम गर्ने वकिलहरुप्रति लक्षित रहेको बताईएको छ।
यो समस्या समाधान गरिएको र यसबाट बच्न प्रयोगकर्ताहरुलाई ह्वाट्सएपको अपडेटेड भर्सन प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रकाशित: ३१ बैशाख २०७६, मंगलवार