
काठमाडौं ।
काठमाडौं । श्रीलंका सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ। सामाजिक सद्भाव खल्बलिने भन्दै श्रीलंकामा फेरी सामाजिक संजालमा प्रतिबन्ध लगाईएको हो ।
श्रीलंकाको सरकारले फेसबुकसहित मेसेन्जर तथा ह्वाट्सएपलगायत अर्को मेसेजिंग एम भाइबरमा पनि प्रतिबन्ध लगाएको हो । यसका साथसाथै गूगलको भिडियो प्लेटफर्म यूट्यूबमा पनि प्रतिबन्ध लगाईएको छ ।
श्रीलंकाको उत्तरपूर्वी क्षेत्रमा अल्पसंख्यक मुस्लिम धर्मालम्बीका मस्जिद र उनीहरूका व्यवसाय र सम्पत्तिमाथि आक्रमण हुन थालेपछि सरकारले सोमबारदेखि सामाजिक सञ्जालहरुमा प्रतिबन्ध लगाएको हो।
विभिन्न घटनाहरुमार्फत फेसबुकमा मुस्लीम र क्रिश्चियन धर्माबलम्बीहरुबिच विवाद उत्पन्न भएको अधिकारीहरुले बताएका छन् ।
श्रीलंकाको सबैभन्दा ठूलो टेलिकम कम्पनी डायलोग आजिएटाले आधिकारीक ट्वीटरमा इन्टाग्राम, स्न्यापच्याट र इमोमा प्रतिबन्ध लगाईएको बताएको छ ।
तर श्रीलंकामा ट्वीटर प्रयोगकर्ताहरुको संख्या सानो भएको हुँदा त्यो भने संचालनमा रहेको छ ।
यहि वैशाख ८ गते सयौंको ज्यान जाने गरी चर्च र पाँच तारे होटलमा भएको हमलापछि पनि श्रीलंकाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो। एजेन्सी
प्रकाशित: ३० बैशाख २०७६, सोमबार