
काठमाडौं ।
काठमाडौं । सातौं फर्निचर तथा फर्निसिङ मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
नेपाल फर्निचर तथा फर्निसिङ संघले आईतबार पत्रकार सम्मेलन गरी आगामी भदौको अन्तिम साता सो मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो।
फर्निचर व्यवसायको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सघाउ पुर्याउने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष रुपेश प्रधानले जानकारी दिए।
मेलामा फर्निचर तथा फर्निसिङका लागि आवश्यक सबै औजारहरुको प्रर्दशनी हुनेछ। भदौ २५ देखि २ गतेसम्म आयोजना हुने मेलामा ९० हजार बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ३० बैशाख २०७६, सोमबार