भीभोको नयाँ स्मार्टफोन भीभो वाई ३ लन्च हुँदै, यस्तो छ फीचरहरु

Technology Khabar २९ बैशाख २०७६, आईतवार

काठमाडौं ।

काठमाडौं । भीभोले नेपालमा हालै भीभो एपेक्सको मिडिया प्रदर्शन गरेको छ । तर चीनमा भने कम्पनीले यू सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारीमा छ । कम्पनीले भीभो वाई ३ नामक स्मार्टफोन चीनमा छिटै लन्च गर्न लागेको छ जसको बारमो जानकारीहरु बाहिर आएको छ ।

भीभो वाई ३ स्मार्टफोनमा ६.३ इन्चको टचस्क्रीन राखिएको छ जसमा वाटरड्रप नोच डिजाइन रहेको छ ।

मिडियाटेक हेलियो पी ३५ चीपसेट प्रयोग गरिने यो फोनमा ४ जीबी र्याम र ६४ जीबी वा १२८ जीबीको स्टोरेज हुनेछ ।

फोटोग्राफीका लागि ट्रिपल क्यामरा सेटअप रहेको छ, जसमा १३ मेगापिक्सेल प्लस, ८ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा हुनेछ ।

यसमा फिंगरप्रिन्ट सेन्सर फोनको पछाडिको भागमा राखिएको छ भने यसमा माइक्रो यूएसबी पोर्ट हुनेछ ।

हेडफोन ज्याकसहित आउने सो फोनमा ५,००० एमएएचको ब्याट्री प्याक हुनेछ । पिच पाउडर र पिकक ब्लू कलर अप्सनमा आउने यो फोनको मूल्य चीनमा १,४०० यूआन हुने अनुमान गरिएको छ ।

प्रकाशित: २९ बैशाख २०७६, आईतवार

तपाइको प्रतिक्रिया