यस्तो छ चन्द्रमामा पुग्ने यानको कन्सेप्ट, २०२४ सम्म मानिस लैजाने लक्ष्य

  • Technology Khabar | २८ बैशाख २०७६, शनिबार
यस्तो छ चन्द्रमामा पुग्ने यानको कन्सेप्ट, २०२४ सम्म मानिस लैजाने लक्ष्य

काठमाडौं ।

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले चन्द्रमामा जाने स्पेसक्राफ्ट अर्थात यानको नयाँ प्रतिकात्मक डिजाइन सार्वजनिक गरेका छन् । ब्लू मून नामक सो यानले सन् २०२४ सम्ममा मानिसहरुलाई उपकरणसहित चन्द्रमामा पुर्याउने अपेक्षा गरिएको छ ।

पुन प्रयोग गर्न सकिने ब्लू मून एक प्रकारको गाडि हो जसले वैज्ञानिक उपकरणहरु, स्याटेलाइटहरु र रोभरलाई बोक्न सक्दछ ।

त्यसैगरि उनले नयाँ रकेट इन्जिन बीई ७ पनि सार्वजनिक गरेका छन्, जसले ४ हजार ५३५ किलोग्रामको इन्धन उत्पन्न गर्न सक्दछ ।

‘यो समय भनेको चन्द्रमामा फर्किएर जाने हो, र त्यहिँ बस्ने हो,’ उनले भने ।

बेजोसले आफ्नो स्पेस कम्पनी ब्लू ओरिजिनको बारेमा विभिन्न लक्ष्यहरु सार्वजनिक गरे । जसमा ब्लू मुन लुनार ल्याण्डरले पृथ्विदेखि चन्द्रमासम्म पर्याप्त इन्धन बोक्न सक्ने बताईएको छ ।

यो सवारीसाधनले चन्द्रमासम्म पेलोडहरु पुर्याउन सक्नेछ भने चारवटा सेल्फ ड्राइभिंग रोभर झार्न सक्नेछ । त्यसैगरि यसले चन्द्रमाको कक्षमा सेटेलाइटहरु समेत लन्च गर्न सक्दछ ।

ब्लू मून नामक सो यान चन्द्रमाको उत्तरी ध्रुवमा ल्याण्ड गर्नेअनुमान छ, जहाँ बरफ भेटिएको थियो ।

गत मार्चमा अमेरिकी प्रशासनले सन् २०२४ को अन्त्यसम्ममा फेरी अमेरिकी एस्ट्रोनट्सलाई चन्द्रमामा पुर्याउने घोषणा गरेको थियो ।

प्रकाशित: २८ बैशाख २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...