Technology Khabar २४ बैशाख २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । जर्मन कार मेकर कम्पनी फक्सवागनले चिनियाँ कम्पनीसँग मिलेर स्कूटर बनाउने भएको छ । कम्पनीले चीनको एनआइयू कम्पनीसँगको सहकार्यमा ब्याट्रीबाट संचालन हुने इलेक्ट्रिक स्कूटर उत्पादन गर्ने भएको हो ।
सो बारेमा जर्मनीको एक समाचार पत्रले उल्लेख गरेको छ ।
दुबै कम्पनीहरुले मिलेर स्ट्रीट मेड मोडल अर्थात गुडाउन सकिने स्कूटर बनाउनेछन् । यो स्कूटरको गति ४५ किलोमिटर प्रति घण्टा हुनेछ भने ६० किलोमिटरको रेन्जमा दौड्न सक्नेछ ।
एनआइयूले विभिन्न क्षमता र मोडलका इलेक्ट्रिक स्कूटर उत्पादन गर्दै आएको छ जून नेपाली बजारमा पनि उपलब्ध रहेको छ ।
प्रकाशित: २४ बैशाख २०७६, मंगलवार