टोयोटाले २०२० मा लन्च गर्ने प्रियुस प्राइम गाडिमा कारप्ले सपोर्ट राख्ने

Technology Khabar २३ बैशाख २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । जापानी कार मेकर कम्पनी टोयोटाले आफ्नो नयाँ हाइब्रिड भेहिकल २०२० प्रियुस प्राइमको प्लगइन भर्सन घोषणा गरेको छ ।

टोयोटाले पछिल्ला दिनहरुमा कार प्ले प्रयोग गर्न सकिने सुविधायुक्ता गाडिहरु बनाईरहेको छ । यसअघि मात्रै कम्पनीले सन् २०१८ मोडलका कारहरुमा इन्फोटेनमेन्ट सिस्टम बनाउने घोषणा गरेको थियो । अब भने कम्पनीले पहिलो पटक प्रियुसलाई कारप्लेसँग जोडेको हो ।

टोयोटाको २०२० मा गाडिहरुको पुनरावृत्ति गर्दै नयाँ ब्ल्याक इन्टेरियर र पाँचवटा रियर सिट भएको गाडिमा कार प्लेलाई समावेश गरेको हो ।

टोयोटाले प्रत्येक प्रियुस प्राइम गाडिहरुमा कार प्लेलाई स्ट्याण्डर्ड मानिएको बताएको छ ।यसको अर्थ सो गाडि खरिदकर्ताहरुले कारप्ले सिस्टमको लागि छुट्टै रकम तिर्नुपर्दैन् । टोयोटाले सामान्यतथा वायरलेस भन्दा पनि तारसहितको कारप्ले समावेश गर्ने गर्दछ ।

यसबाहेक २०२० प्रियुस प्राइम कारमा टोयोटाले पछाडि बस्ने यात्रुहरुका लागि अतिरक्त यूएसबी पोर्टस राख्नेछ भने कारमा सिरिअसएक्सएम सपोर्टका साथसाथै अमेजन एलेक्सा कम्प्याटिबल हुनेछ ।

टोयोटाले गतसाता मात्रै सन् २०१८ का क्याम्री र सिएना गाडिहरुमा कारप्ले रेट्रोफिट गर्ने घोषणा गरेको थियो ।

टोयोटाको २०२० प्रियस प्राइम गाडि यो समर सिजनमा न्यूनतम मूल्य २७ हजार ६ सय डलरसहित उपलब्ध हुनेछ । यसका साथै कम्पनीले सन् २०२० भेहिकल लाइनअपहरुका अन्य मोडलहरुमा पनि कारप्ले उपलब्ध गराउने छ ।

प्रकाशित: २३ बैशाख २०७६, सोमबार

तपाइको प्रतिक्रिया