Technology Khabar २३ बैशाख २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई फेस्टिभ डिलाइट’ २०७५ अफरका विजेताहरुको नाम घोषणा गरेको छ।
अफरको पहिलो बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ९०६ का हाउजिङ्ग एण्ड इन्स्योरेन्स डिपार्टमेन्ट, वेलफेयर प्लानिङ्ग डिरेक्टोरेट भावना केसीले हुन्डाई आई२० एक्टिभा जितेको कम्पनीले जानकारी दिएको छ ।
अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत बद्रीकुमार खड्काले हुन्डाई क्रेटा जितेका छन्।
अफरअन्तरगत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले आकर्षक नगद छुट र एक वर्षको निशुल्क बीमा साथै स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुट, लक्कि ड्र मार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०–१० ग्राम सुन र बम्पर लक्की ड्रबाट २ जनालाई हुन्डाई आई२० एक्टिभा र हुन्डाई क्रेटा जितेका कम्पनीले जनाएको छ।
अफरको विजेताको घोषणा हिमालयन टिभीमा लाइभ लक्की ड्र मार्फत सार्वजनिक गएिको थियो ।
प्रकाशित: २३ बैशाख २०७६, सोमबार