पेरुमा एकैपटक १५ लाख मोबाइल फोन ब्लक, करिब ५४ लाख ह्याण्डसेट ब्लक गर्ने तयारी

  • Technology Khabar | २० बैशाख २०७६, शुक्रबार
पेरुमा एकैपटक १५ लाख मोबाइल फोन ब्लक, करिब ५४ लाख ह्याण्डसेट ब्लक गर्ने तयारी

काठमाडौं ।

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुले एकै पटक १५ लाख मोबाइल फोनहरु ब्लक गरेको घोषणा गरेको छ । पेरुको दूरसंचार नियमनकारी निकाय अर्थात पेरिभिएन टेलिकम सर्भिसेज रेगुलेटर ओसिप्टेलले यहि अप्रिल ३० तारिखमा चोरिएका १५ लाख भन्दा बढि मोबाइल फोनहरु ब्लक गर्न अपरेटरहरुलाई निर्देशन दिएको हो ।

पेरुमा मार्च महिनामा लागू भएको नयाँ नियमअनुसार अपरेटरहरुले चोरी भएका भनेर उजुरी परेका सम्पूर्ण मोबाइल फोनहरुमा रहेको इन्टरनेटशनल मोबाडल इक्यूपमेन्ट आईडेन्टिटी(आईएमईआई) नम्बरहरुलाई २ दिनभित्र ब्लक गर्न भनेको हो ।

नियमनकारी निकायले आफ्ना अपरेटरहरुलाई पहिलो चरणमा मे ३० तारिखमा १५ लाख फोनहरु ब्लक गर्न भनेको छ भने अर्को थप १५ लाख मोबाइलहरु जून ३० तारिखमा बन्द गरिनेछ र बाँकी सवा ९ लाख मोबाइल फोनहरु जुलाई ३० तारिखमा बन्द हुनेछ । यसका साथै नियमनकारी निकायले कुल ५४ लाख मोबाइल फोनहरु ब्लक गराउने भएको हो ।

पेरुले सन् २०१७ मा वायरलेस इक्यूपमेन्टहरुको अवैध कारोबार रोक्नका लागि मोबाइल फोनरुको अनिवार्य दर्ता प्रकृया शुरु गरेको थियो ।

नियमनकारी निकाय असिप्टेलकाअनुसार पेरुमा दैनिक ६ हजार मोबाइल ह्याण्डसेट चोरि हुने गरेको छ । एजेन्सी

प्रकाशित: २० बैशाख २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...