नेपालको पहिलो कार्बन न्युट्रल एअरलाइन्स बन्यो यति एअरलाइन्स

  • Technology Khabar | २० बैशाख २०७६, शुक्रबार
नेपालको पहिलो कार्बन न्युट्रल एअरलाइन्स बन्यो यति एअरलाइन्स
यति एयरलाइन्सको एटीआर जहाज। फाइल तस्विर

काठमाडौं ।

काठमाडौ । जलवायु तटस्थताको लागि संयुक्त राष्ट्रसंघको ग्रिनिंग दि ब्लू भन्ने अवधारणालाई आत्मसात गर्दै सन् २०१८ मा हरित गृह ग्याँस उत्सर्जनलाई घटाउन र कमगर्न सफल हुने यति एअरलाइन्स नेपालको पहिलो र सम्भवतः दक्षिण एशियाकै पहिलो कार्बन न्युट्रल एअरलाइन्स भएको कम्पनीले दाबी गरेको छ ।

संयुक्त राष्ट्र विकास कार्यक्रमद्वारा संचालित स्वतन्त्र कार्वन अडिटका अनुसार यति एअरलाइन्स्ले सन् २०१८ मा आफ्नो सम्पूर्ण उडानहरु, वाहनहरु र अन्य साधनहरु समेतबाट १९,६६५ टन बराबर कार्वनडाईअक्साइड उत्सर्जन गरेको थियो ।

यस उत्सर्जनबाट लगभग ३,२५,१६५ रुखहरुद्वारा दश वर्ष भन्दा बढी सम्मको कार्वनको मात्रा बराबर अनुक्रमित गर्दछ । कुल उत्सर्जनको ९९.९ प्रतिशत एअरलाइन्स्को उडान संञ्चालन बापत उत्सर्जन गर्दछ ।

सन् २०१७ र २०१८ को बीचमा कम इन्धन खपत हुने विमानको प्रयोग गरि प्रति उडान किलोमिटर २०प्रतिशत घट्नुका साथै प्रति यात्री १२ प्रतिशतले कार्बन उत्सर्जन घटेको थियो छ ।

यति एअरलाइन्सले जेटस्ट्रीम–४१ जहाजको सञ्चालन क्रमबद्ध रुपमा कम गर्दै एटिआर ७२-५०० जस्ता कम इन्धन खपत हुने विमानको सञ्चालन गरेर कार्वनडाईअक्साइड कम उत्सर्जन उत्पादन गर्न सफल भएको छ भने जेटस्ट्रीम–४१ जहाजलाई क्रमशः हटाउँदै लैजाने निती लिईएको कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित: २० बैशाख २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...