सामसङ ग्यालेक्सी एस१० प्रिबुकिङ्गका लक्की ड्र विजेतालाई पुरस्कार बितरण

  • Technology Khabar | १९ बैशाख २०७६, बिहीबार
सामसङ ग्यालेक्सी एस१० प्रिबुकिङ्गका लक्की ड्र विजेतालाई पुरस्कार बितरण

काठमाडौं ।

काठमाडौं । सामसङले ग्यालेक्सी एस १० प्रिबुकिङ्गको लक्की ड्र विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । कम्पनीले चैत १८ गतेदेखि वैशाख १ गतेसम्म यस फोनको लागि प्रिबुकिङ्ग खुल्ला गरेको थियो ।

सामसङले आयोजना गरेको कार्यक्रममा ग्यालेक्सी एस १० प्रिबुक गर्नुहुने ग्राहकहरु मध्येबाट कपिल अग्रवालले ५ हजार रुपैयाँ बरावरको लेट मि इनको दुईवटा कुपन प्राप्त गरेका छन् ।

त्यसैगरी संगम खड्काले केजिएच पोखरामा दुई जनाको लागि दुई रात विताउने कुपन प्राप्त गरे भने कला भट्टराई, विक्रम तिमल्सिना तथा सुदर्शन श्रेष्ठ समेत गरी तीनजनाले सामसङको ग्यालेक्सी वाच एक्टिभ तथा सुमन रञ्जितकारले टर्किस एयरलाईन्सको विजिनेश क्लास टिकट (कर तिर्ने गरी) प्राप्त गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १९ बैशाख २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...