ड्यामलरले इलेक्ट्रिक स्मार्ट मिनीकारको बिक्री अमेरिका र क्यानाडामा बन्द गर्ने

Technology Khabar १७ बैशाख २०७६, मंगलवार

काठमाडौं ।

काठमाडौं । जर्मन अटोमेकर कम्पनी ड्यामलरले आफ्ना दुई सिटे इलेक्ट्रिक भेहिकल स्मार्ट कार अमेरिका र क्यानाडामा बन्द गर्ने भएको छ । कम्पनीले दुई जनाले यात्रा गर्न सक्ने सानो इलेक्ट्रिक कार भिजन ईक्यू फोरटू मोडल यहि वर्ष बन्द गर्ने जानकारी दिएको हो ।

यो स्मार्टकार यूनिक डिजाइन र स्टायलको थियो जून अन्य सामान्य कारहरु भन्दा सानो र आधा स्थानमा नै पार्किंग गर्न पुग्ने थियो ।

यो आकर्षक भएपनि यसका ग्राहकहरु निकै सानो संख्यामा मात्र थिए । स्मार्ट का मार्च महिनामा अमेरिकामा केबल ९० वटा मात्र बिक्री भएको ड्यामलर एजीले जानकारी दिएको छ । पछिल्ला वर्षहरुमा अमेरिकामा साना कारहरुको बिक्री लगभग बन्द जस्तै छ ।

स्मार्ट ब्राण्डको इलेक्ट्रिक कारले एक पटकको चार्जमा ९३ किलोमिटरसम्म मात्र यात्रा गर्न सकिने थियो । तर पछिल्ला दिनहरुमा आएका इलेक्ट्रिक भेहिकलहरु यसभन्दा निकै शक्तिशाली रहेका थिए ।

कम्पनीले अमेरिका र क्यानाडामा आफ्ना उत्पादन बन्द गरेपनि चीनमा भने नयाँ प्लान्ट लगाउन लागेको छ । कम्पनीले सन् २०२२ देखि चीनमा उत्पादित इलेक्ट्रिक भेहिकलको बिक्री शुरु गर्ने अनुमान छ ।

प्रकाशित: १७ बैशाख २०७६, मंगलवार

तपाइको प्रतिक्रिया