एनसेलको पूँजीगत लाभकर विवाद सल्टाउन मध्यस्थताको लागि निवेदन

Technology Khabar १६ बैशाख २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । एनसेलले हालैको पूँजीगत लाभकर विवाद समस्यालाई समाधान गर्न आर्विट्रेसनमा गएको जानकारी दिएको छ । एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजिएटाले हालै मलेशियाको स्टक एक्सचेन्ज बर्सा मलेशिया बर्हादमा आफ्ना शेयरधनीहरुलाई दिएको जानकारीअनुसार कम्पनीले आर्विट्रेसन अर्थात मध्यस्थताको लागि अनुरोध गरेको छ ।

सो जानकारीअनुसार आजिएटा ग्रुप बर्हादअन्तरगत रहेको आजिएटा इन्भेष्टमेन्टस यूके लिमिटेड र एनसेल प्रालिले संयुक्तरुपमा सो विवादलाई समाधान गर्न मध्यस्थताको लागि अनुरोध गरेका हुन् ।

गएको शुक्रबार कम्पनीले आफ्ना शेयरधनीहरुलाई दिएको जानकारीमा एनसेलले तिर्नुपर्ने भनिएको पूँजीगत लाभकरको विषयमा आजिएटा यूकेले नेपाल र बेलायतबिच भएको सन् १९९३ को सम्झौताअनुसार मध्यस्थताको लागि अनुरोध गरेको हो । सो सम्झौतामा नेपाल तथा ग्रेट ब्रिटेन र उत्तर आयरल्याण्डबिच प्रोमोसन एण्ड प्रोटेक्सन अफ इन्भेष्टमेन्ट( दुईपक्षिय लगानीको विषय रहेको छ ।

आजिएटा यूके र एनसेलले पूँजीगत लाभकरको विषयमा भएको निर्णय अन्तराष्ट्रि कानूनको उलंघन र दुई देशबिचको लगानी सम्झौताभन्दा बाहिरको भएको जानकारी गराईएको छ ।

शेयरधनीहरुलाई दिएको जानकारीअनुसार आजिएटा यूकेले रेनोल्डस होल्डिंग लिमिटेडको शत प्रतिशत शेयर किनेको, जून एनसेलको कुल शेयरको ८० प्रतिशत हुने उल्लेख छ ।

स्रोत

प्रकाशित: १६ बैशाख २०७६, सोमबार

तपाइको प्रतिक्रिया