Technology Khabar १३ बैशाख २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । विश्वभर एभेन्जर्स सिरिजको नयाँ सिनेमा एभेन्जर्स इण्डगेम रिलीजपछि निकै लोकप्रिय भईरहेको छ । यो फिल्मको बारेमा धेरैले सकारात्मक प्रतिकृया व्यक्त गरिरहेका छन् । नेपालमा पनि विभिन्न सिनेमा हलहरुमा यो फिल्म देखाईएको छ ।
अब भने यहि एभेन्जर्स सिरिजको फिल्मको बारेमा गूगलमा नयाँ प्रविधिबाट प्रयोगकर्तालाई मनोरन्जन दिईएको छ ।
यदि तपाईँले गूगलमा गएर थानोस (Thanos) लेखेर सर्च गर्नुभयो भने तपाईँले अनौठो जानकारी पाउनुहुनेछ । गूगलले यस्तो किसिमको ट्रिक्स पहिले पनि गर्दै आएको थियो । यसलाई इष्टर एग पनि भन्ने गरिन्छ ।
एभेन्जर्सको पछिल्लो फिल्म इन्फिनिटी वार्समा थानोसले चुटकी बजाएर आधा संसार समाप्त गरिदिन्छ र यसै किसिमले पछिल्लो पटक आधा एभेन्जर्सहरु संभवत मारिएका थिए । सोहि फिल्मी घट्नालाई आधार मानेर गूगलले प्रयोगकर्तालाई रमाईलो प्रदान गरेको छ ।
गूगलमा तपाईँले अंग्रेजीमा थानोस लेखेर सर्च गरेपछि आउने रिजल्ट पेजको दायाँ साइडमा तपाईँले विकिपेडियाको पेजका थम्बरनेल देखिनेछ । जहाँ तपाईँले थानोसको निकै लोकप्रिय हातको चित्र पाउनुहुनेछ । यदि तपाईँले सो आईकनलाई क्लिक गर्नुभयो भने तत्कालै सो हातले चुटकी बनाउँछ र गूगल सर्चको रिजल्टमा देखिएका विभिन्न कन्टेन्टहरु हराउँछन् ।

गूगलले यसलाई यसरी डिजाइन गरेको छ की जसरी एभेन्जर्स इन्फिनिटी वारमा आधा एभेन्जर्स उडेर हराएका थिए थानोसको आइकनमा क्लिक गरेपछि त्यसैगरि तपाईँका कन्टेन्टहरु गूगल पेजबाट हराउनेछन् ।
थानोस सर्च रिजल्टको सबैभन्दा माथि करिब ४८ देखि ९० मिलियन सर्च रिजल्ट देखिन्छ तर यो पछि आधा हुँदै करिब ४५ मिलियन हुन्छ ।
तपाईँले फेरी सो हातको आइकनलाई क्लिन गर्नुभयो भने सबै हरियो रंगमा परिणत हुन्छ ।
प्रकाशित: १३ बैशाख २०७६, शुक्रबार