
काठमाडौं ।
काठमाडौं । अहिलेको समयमा हरेकका लागि मोबाइल फोन आवश्यकता भईसकेको छ । विश्वभर मोबाइल प्रयोगकर्ताको संख्या करिब ५० करोड भन्दा अधिक छ र यो दैनिकरुपमा बढिरहेको छ ।
अहिले युवा, प्रौढ मात्र नभएर बालबालिकाहरुले पनि मोबाइल फोन प्रयोग गर्ने गरेका छन् । तर हालै आएको रिपोर्टअनुसार बालबालिकालाई १ घण्टा भन्दा बढि मोबाइल फोन हेर्न दिनु हानिकारक हुनेछ ।
हालै विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको रिपोर्टअनुसार साना बालबालिकाहरुको लागि दैनिक १ घण्टाभन्दा बढि मोबाइल फोन प्रयोग गर्न दिनु, टेलिभिजन हेर्न दिने वा कम्प्यूटर गेम खेल्न दिनु हानिकारक छ । रिपोर्टअनुसार एक वर्ष भन्दा कम उमेरका बालबालिकालाई इलेक्ट्रोनिक स्क्रीन देखाउन अत्यन्त हानिकारक रहेकोछ ।
यसको बारेमा यूनाईटेड नेसन एजेन्सीले हालै पहिलो पटक नयाँ गाइडलाइन समेत जारी गरेको छ, जसमा ५ वर्षभन्दा मुनीका बालबालिकाहरु शारिरिकरुपमा सक्रिय हुनुपर्दछ र उनीहरुको स्वस्थ्य विकासको लागि पर्याप्त सुत्ने समय हुनुनर्पेछ । जसले गर्दा भविश्यमा उनीहरुलाई भविश्यमा रोगब्याधीबाट बचाउन सकियोस् ।
टिभी हेर्ने तथा कम्प्यूटर वा मोबाईलमा गेम खेल्ने जस्ता गतिबिधले बालबालिको सुत्ने समय घटिरहेको रिपोर्टमा उल्लेख छ ।
डब्लूएचओको सदस्य राष्ट्रहरुका लागि जारी गाइडलाइनमा भनिएको छ, १ वर्षदेखि ४ वर्षबिचका बालबालिकाहरुले दिनभर कम्तिमा ३ घण्टा विभिन्न किसिमका शारिरिक गतिबिधिहरुमा सक्रिय हुनुपर्नेछ । यसबाहेक १ वर्षभन्दा कम उमेरका बच्चाहरुलाई पनि इलेक्ट्रोनिक स्क्रीनहरुबाट परा राखेर भूँईमा आधार हुने किसिमका गतिबिधिमा सक्रिय बनाउनुपर्दछ ।
मोबाइल फोन तथा कम्प्यूटरको बढ्दो प्रयोगको कारण बालबालिकाहरुमा मानसिक स्तरमा निकै नराम्रो प्रभाव बढिरहेको छ । जसले गर्दा बालबालिकाहरु बिरामी हुने तथा अधिक तौल हुने जस्ता समस्या बढिरहेको छ ।
विश्वभर ५ वर्ष मुनीका बालबालिकाको संख्या ४ करोड भन्दा बढि रहेको अनुमान गरिएको छ ।
प्रकाशित: १२ बैशाख २०७६, बिहीबार