एचएच बजाजको नयाँ शोरुम अर्घाखाँचीमा स्थापना

Technology Khabar ११ बैशाख २०७६, बुधबार

काठमाडौं ।

अर्घाखाँची । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम “बस्याल ब्रदर्स् अटोलिङ्क प्रालि” अर्घाखाँचीको सन्धिखर्कमा संचालनमा ल्याएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको बताएको छ ।

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले भने, ‘देशभर हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहँदा हामी अत्यन्तै खुशी छौं । त्यसैले ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । अर्घाखाँचीमा नयाँ सोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

प्रकाशित: ११ बैशाख २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

११ बैशाख २०७६, बुधबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

११ बैशाख २०७६, बुधबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

११ बैशाख २०७६, बुधबार