Technology Khabar ११ बैशाख २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी वनप्लसले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन लन्च गर्ने मिति सार्वजनिक गरेको छ । कम्पनीले आउँदो मे १४ तारिखमा नयाँ स्मार्टफोन वनप्लस सेभेन लन्च गर्नेछ ।
कम्पनीले यसपटक एकैचोटी तीनवटा देशहरुमा वनप्लस इभेन्ट आयोजना गर्दैछ, जसमा अमेरिका, भारत र यूरोपमा लन्च हुनेछ जसमा वनप्लस सेभेनका सिरिजहरु सार्वजनिक गरिनेछ ।
भारतमा भने यो इभेन्ट बेंगलुरुमा राती ८ः१५ बजे आयोजना हुनेछ । यो इभेन्टमा विश्वभरबाट ८ हजार भन्दा बढि सहभागी हुने अपेक्षा कम्पनीले गरेको छ ।
यसका साथै कम्पनीले वनप्लस सेभेनको लन्च टीजर पनि सार्वजनिक गरेको छ । जसमा विभिन्न कलरहरु तथा स्मार्टफोनको एज देखाईएको छ । यो एज पुरै कभ्र्ड छ, जसले गर्दा कम्पनीले कभ्र्ड डिजाइनमा वनप्लस सेभेन लन्च गर्ने अनुमान छ ।
वनप्लसले अमेजन इण्डियामा आफ्नो नयाँ फोनको लागि डेडिकेटेड ल्याण्डिंग पेज पनि तयार गरेको छ र त्यसमा नोटिफाई मी अप्शन दिईएको छ ।
वनप्लस सेभेनमा फूल डिस्प्ले डिजाइनमा आउने अपेक्षा गरिएको छ भने सेल्फीका लागि पप अप सेल्फी क्यामरा हुनसक्ने अनुमान छ ।
यसपटक कम्पनीले दुईवटा भेरिएन्ट लन्च गर्ने अनुमान छ जसमा वनप्लस सेभेन तथा अर्को वनप्लस ७ प्रो । प्रो भर्सन ५जी स्मार्टफोनको रुपमा आउने रिपोर्टहरुमा उल्लेख छ । यी दुबै फोनमा क्वालकम स्न्यापड्रागन ८५५ प्रोसेसर राखिनेछ भने १२ जीबी र्याम तथा २५६ जीबी आन्तरिक स्टोरेज हुने अनुमान छ ।
फोटोका लागि ट्रिपल रियर क्यामरा सेटअप हुनसक्नेछ जसमा ४८ प्लस, ८ प्लस १६ मेगापिक्सेलको क्यामरा हुनेछ ।
प्रकाशित: ११ बैशाख २०७६, बुधबार