यामाहाले इलेक्ट्रिक मोटरसाईकल बनाउँदै, यस्तो छ बाईकको डिजाइन

Technology Khabar ११ बैशाख २०७६, बुधबार

काठमाडौं ।

काठमाडौं । पछिल्ला दिनहरुमा इलेक्ट्रिक कार बजारमा ल्याउने प्रचलन निकै बढिरहेको छ । अधिकांश अटोमेकरहरुले आफ्नो ध्यान इलेक्ट्रिक भेहिकलतर्फ केन्द्रित गरिरहेका छन् र कम्तीमा एउटा मोडल बजारमा बिक्री गर्न तयार पारिरहेका छन् ।

तर अर्कोतर्फ इलेक्ट्रिक मोटरसाइकल निर्माण भने अझै धेरै हुन सकेको छैन् । यो इलेक्ट्रिक मोटरसाइकल सिमित क्षेत्र र बजारमा मात्र रहेको छ ।

अहिलेसम्म हेर्ने हो भने इलेक्ट्रिक मोटरसाइकल बनाउनेमा प्रमुख उत्पादक हार्ले डेभिडसन मात्र अगाडि देखिएको छ ।

हालै अर्को मोटरसाइकल उत्पादक यामाहाले पनि इलेक्ट्रिक मोटरसाइकल बनाउन सक्ने देखिएको छ । साइकल वल्र्डले यामाहाको इलेक्ट्रिक मोटरसाइकको चार्जिंग पेटेन्टको डकुमेन्ट सार्वजनिक गरेको छ । यसले पनि चार ठूला जापानी मोटरसाइकल उत्पादकहरु होण्डा, कावासाकी, सुजुकी र यामाहामध्ये एउटा भएपनि इलेक्ट्रिक बाइक निर्माणमा अगाडि बढेको अनुमान गरिएको छ ।

सार्वजनिक भएको पेटेन्ट ड्रोईगअनुसार इलेक्ट्रिक मोटरसाइकलमा चार्जिंग लोकेशन फरक फरक रहेको देखिन्छ । एउटामा चार्जिंग स्टेशन अहिलेको परम्परागत मोटरसाइकको इन्धन भर्ने फ्यूल ट्यांकको स्थानमा नै राखिएको देखिन्छ भने अर्को डिजाइनमा रियर प्यासेन्टर सिटको मुनिको भागमा राखिएको छ । अर्को डिजाइनमा भने इलेक्ट्रिक बाइकको चार्जिंग लोकेशन हेडलाइटको छेउमा मोटरसाइकलको फ्रन्ट भागमा राखिएको छ ।

यसअघि जापानी चार ठूला मोटरसाइकल उत्पादकहरुले इलेक्ट्रिक मोटरसाइकलहरुको लागि आवश्यक पर्ने ब्याट्री र चार्जिंगको मापदण्डको लागि संयुक्तरुपमा काम गर्न शुरु गरेको रिपोर्ट आएको थियो ।

प्रकाशित: ११ बैशाख २०७६, बुधबार

तपाइको प्रतिक्रिया