एचएच बजाजको नयाँ शोरुम बारामा

Technology Khabar १० बैशाख २०७६, मंगलवार

काठमाडौं ।

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम गुप्ता मोटर्स बाराको कलैयामा संचालनमा ल्याएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको जानकारी दिएको छ ।

एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी बाराको कलैयामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले बारामा नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै बाराका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।

प्रकाशित: १० बैशाख २०७६, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

१० बैशाख २०७६, मंगलवार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

१० बैशाख २०७६, मंगलवार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

१० बैशाख २०७६, मंगलवार