एभरेष्ट बैंकका ग्राहकलाई चिरायू नेशनल हस्पिटलमा १५ प्रतिशत छुट

  • Technology Khabar | ३ बैशाख २०७६, मंगलवार
एभरेष्ट बैंकका ग्राहकलाई चिरायू नेशनल हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौं ।

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चिरायू नेशनल हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ ।

नेपालको बसुन्धारास्थित चिरायू नेशनल हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ । सीएनएचएमआईले डिसेम्बर २०१३ देखि आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरुले विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट पाउन सक्नेछन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १५ प्रतिशत छुट पाउने जनाएको छ ।

प्रकाशित: ३ बैशाख २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...