नेपाल टेलिकमको नयाँ वर्ष अफर, २ सय रुपैयाँमा २ सय मिनेट कल र ३ जीबी डाटा

  • Technology Khabar | २९ चैत्र २०७५, शुक्रबार
नेपाल टेलिकमको नयाँ वर्ष अफर, २ सय रुपैयाँमा २ सय मिनेट कल र ३ जीबी डाटा

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर २०७६ ल्याएको छ ।

सो अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने टेलिकमले उल्लेख गरेको छ ।

उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३०देखि २०७६ बैशाख २ (३ दिन)सम्म खरिद गर्न सकिने छ ।

प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्ने नेपाल टेलिकमले जनाएको छ ।

प्रकाशित: २९ चैत्र २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार