फोनको खराब सिग्नल र वाईफाईले समस्या दियो, यसरी गर्नुस् समाधान

  • Technology Khabar | २८ चैत्र २०७५, बिहीबार
फोनको खराब सिग्नल र वाईफाईले समस्या दियो, यसरी गर्नुस् समाधान

काठमाडौं ।

काठमाडौं । तपाईं फोनमा केही द्रुत काम गर्दै हुनुहुन्छ र अचानक तपाईंको सिग्नल हराउँछ वा डेटा कनेक्सन अचानक बन्द हुन्छ। त्यसबेला तपाई कस्तो महसुस गर्नुहुन्छ ?

पक्कैपनि तपाईँलाई रिस उठ्नेछ । यस्तो घट्ना हाम्रो साथ धेरै पटक हुन्छ र हामी यो कुरा कहिल्यै ठीक गर्न सक्दैनौं।

तर आज हामी तपाईंलाई यो जानकारी दिनेछौं कि तपाईंले केहि सेकेण्डमा यसलाई ठीक गर्न सक्नुहुनेछ।

एन्ड्रोयड फोन– क्विक सेटिङहरूमा जानुस् र एयरप्लेन मोडमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईँ त्यतिबेलासम्म कुर्नुहोस् जतिबेलासम्म तपाईंको फोनको वाईफाई र सेलुलर कनेक्सन पूर्ण रूपमा बन्द नहोस् । यदि यस्तो भएन भने ३० सेकेन्डसम्म पर्खनुहोस् र त्यसपछि एयरप्लेन मोड बन्द गर्नुहोस्।

आईफोन– कन्ट्रोल सेन्टर खोल्नुहोस्। आईफोन एक्स सीरीजमा तपाइँ फोनको माथि दायाँ कुनामा जान सक्नुहुन्छ भने पुरानो मोडेलमा तपाईंले यो अप्सन बीचमा पाउनुहुनेछ। त्यसपछि तपाईंले एयरप्लेन मोडमा क्लिक गर्नुपर्छ। जब सक्रिय हुन्छ, यो सुन्तला रंगको हुनेछ। यो भएपछि, एक मिनेट पछि यसलाई बन्द गर्नुहोस्।

अब आफ्नो फोन रिस्टार्ट अर्थान पुन संचालन गर्नुहोस् ।

सिम हटाउनुहोस् र फेरि दोहोर्याएर लेख्नुहोस् ।

नेटवर्क सेटिंगलाई दोस्रो पटक रिसेट गर्नुस् ।

आफ्नो सिग्नल निर्मातालाई कल गर्नुहोस् ।

यी सबै प्रक्रियाहरूले तपाईंको फोनको सिग्नललाई डिफल्ट मोडमा पुर्याउँछ अर्थात पूर्वनिर्धारित मोडमा ल्याउनेछ। कयौं पटक यस्तो प्रोसेस नगर्दा हामी आफ्ना फोनलाई एउटै मोडमा लगातार चलाउँछौं र केहि समस्या आउँदा हामीलाई थाहा नै हुँदैन् ।

त्यसैले सँधै यी तरीकाहरुको प्रयोग गर्नुस् । जसले तपाईँको सिग्नल र वाईफाई नेटवर्क सँधै फ्रेश हुनेछ ।

प्रकाशित: २८ चैत्र २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...