Technology Khabar २८ चैत्र २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पबजी अनलाइन गेमलाई प्रतिबन्ध लगाउन निर्देशन (Playing unidentified battle ground) दिएको छ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिँदै पबजी अनलाइन गेम बन्द गर्न निर्देशन दिएको हो ।
प्राधिकरणलाई महानगरिय अपराध महाशाखाले पबजी खेल बन्द गराउन सहयोग गर्न अनुरोध गरेअनुसार प्राधिकरणले बिहिबार नै आईएसपीहरुलाई सो खेल रोक्न निर्देशन दिएको हो ।
काठमाडौं जिल्ला अदालतले पबजी खेलको बारेमा उजुरी परेपछि महानगरीय अपराध महाशाखालाई सो खेल बन्द गराउन आदेश दिएको थियो । सोहि आदेशअनुसार महाशाखाले प्राधिकरणलाई इन्टरनेट सेवा प्रदायकहरुलाई सो खेल बन्द गराउन सहयोग गर्दै पत्राचार गरेको थियो ।
‘अनलाईन गेमले पार्ने असरका सम्बन्धमा मनोचिकित्सकको समेत परामर्श लिई माग बमोजिम अनलाईन गेम बन्द गर्न स्विकृति दिने,’ भन्ने सो आदेश पत्रमा उल्लेख छ ।
प्राधिकरणले महाशाखाको सो पत्रअनुसार बिहिबारदेखि नै सो खेल बन्द गराउन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए ।
‘हामीले आजै आईएसपीहरुलाई निर्देशन दिईसकेका छौं, आइएसपीहरुले अब सो अनलाइन गेम नखुल्ने गरी प्राविधिकरुपमा मिलाउने छन्,’ प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले बताए । संम्पादित
प्रकाशित: २८ चैत्र २०७५, बिहीबार