इसेवाको मोबाईल एप डाउनलोड दश लाख नाघ्यो, २५० बढी सेवाको शुल्क भुक्तानी हुने

  • Technology Khabar | २७ चैत्र २०७५, बुधबार
इसेवाको मोबाईल एप डाउनलोड दश लाख नाघ्यो, २५० बढी सेवाको शुल्क भुक्तानी हुने

काठमाडौं ।

काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रालि’ को मोबाईल एप डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै भएको इसेवाले दाबी गरेको छ ।

पछिल्लो समय नेपालीहरू मोबाईल तथा इन्टरनेटमार्फत भुक्तानी गर्न अभ्यस्त हुँदै गईरहेको सन्दर्भमा इसेवाको मोबाईल एप डाउनलोड गर्नेको संख्या दश लाख भन्दा माथि पुगेको कम्पनीले जनाएको छ।

सन् २०१० जनवरी २५ देखि सेवा सुरू गरेको इसेवाको करिब १५ लाख ग्राहक मध्ये मोबाईल एप्सबाट कारोबार गर्नेहरू नै दश लाख पुगेका हुन् ।

मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या दश लाख पुगेको उपलक्ष्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘मोबाईललाई कुराकानी गर्ने माध्यमबाट भुक्तानी सेवा, रेमिट्यान्स्, किनमेल तथा वित्तिय कारोबार गर्ने साधनका रूपमा स्थापित गर्ने क्रममा दश लाख एप्स् डाउनलोड हुनुले हामीलाई थप हौसला मिलेको छ।’

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय ५० भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: २७ चैत्र २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...