अब ड्रोनले तपाईँको घरसम्म सामान ढुवानी गर्छ, अष्ट्रेलियाले दियो अनुमति

Technology Khabar २६ चैत्र २०७५, मंगलवार

काठमाडौं ।

काठमाडौं । गूगलको प्यारेन्ट कम्पनी अल्फाबेट इन्कको ड्रोन सर्भिसले अष्ट्रेलियामा अनुमति पाएको छ । अल्फाबेटको ड्रोन सर्भिस कम्पनी विंगले मंगलबार पहिलो सेवा संचालन गरेको छ।

सो कम्पनीले अष्ट्रेलियाको नर्थ क्यानबेरामा सिभिल एभिएसन अर्थोरिटीबाट अनुमति पाएपछि पहिलो पटक एयर डेलिभरी सेवा दिएको हो ।

सो क्षेत्रमा रहेका क्रेस, पाल्मर्टन, र फ्रांकलिनका करिब १०० घरहरुमा सो सेवा प्रदान गरिने कम्पनीले बताएको छ । आगामी दिनमा कम्पनीले ह्यारिसन र गनह्यालिनमा पनि सेवा बिस्तार गर्ने योजना लिएको छ ।

विंगले सन् २०१४ देखि अष्ट्रेलियामा ड्रोन डेलिभरी सर्भिस परिक्षण गरिरहेको थियो । विगत १८ महिनामा विंगले खानेकुरा, सानो घरेलु सामाग्री, र औषधिजन्य सामग्रीहरु ३ हजार पटक ढुवानी गरिरहेको ब्लग पोष्टमा जनाएको छ ।

प्रकाशित: २६ चैत्र २०७५, मंगलवार

तपाइको प्रतिक्रिया