हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न

Technology Khabar २५ चैत्र २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं। शनिबार काठमाडौंको जेनेसिस क्याफेमा हार्ले डेभिडसन बाइक फेस्ट सम्पन्न भएको छ ।

नेपालमा हार्ले डेभिडसन बाइकको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्सले आयोजना गरेको उक्त बाइक फेस्टमा अमेरिकी लिजेन्ड्री बाइक आइरन ८८३ को टेष्ट राइड गरी विभिन्न राइडरहरुले आनन्द लिएका थिए ।

त्यसैगरी हार्ले डेभिडसन ब्रान्डका कपडाहरु र स्पेयर पार्ट्सको वारेमा समेत जानकारी लिन सकिने व्यवस्था थियो ।

आईएमई ग्रुप अन्तर्गतको आईएमई अटोमोटिभ्सले सन् २०१८ को नाडा अटो शोमार्फत नेपालमा पहिलो पटक हार्ले डेभिडसनका बाइक भित्र्याएको थियो । हाल काठमाडौंको गैरीधारामा यसको सोरुम रहेको छ ।

हार्ले डेभिडसन मोटर कम्पनीले कस्टम, क्रुजर र टुरिङ मोटरसाइकलहरु उत्पादन गर्छ । यसले सम्पूर्ण रुपमा स्पेयर पार्ट्स, एसेसरिज, राइडिङ गियर र एप्यारेलका साथै मर्चेन्डाइजको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित: २५ चैत्र २०७५, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

२५ चैत्र २०७५, सोमबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२५ चैत्र २०७५, सोमबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२५ चैत्र २०७५, सोमबार