ओपो एफ११ प्रोमा पानारोमिक स्क्रिनको प्रयोग, ६.५३ ईञ्च डिस्प्ले स्क्रिन

Technology Khabar २५ चैत्र २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं । ओपोको एफ सिरिजअन्तर्गत नेपालमा सार्वजनिकको तयारीमा रहेको नयाँ स्मार्टफोन ओपो एफ११ प्रोमा प्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको आकर्षक फुल स्क्रिन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

एफसिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फञ्सनका साथै नयाँ फोनमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइनका र विभिन्न नवप्रबर्तनात्मक प्रविधिहरुपनि उपलब्ध गरिनेछ । सार्वजनिक हुने तयारीमा रहेको एफ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र राइजिङ क्यामेरा जडान गरिएका छन् ।

पानारोमिक स्क्रिन र सबलाइम प्राकृतिक सौन्दर्यका लागि प्राकृतिक ग्राडियण्ट डिजाइन यथासम्भव तरल र सुब्यवस्थित डिजाइन सहितको एफ११ प्रोलाई नोच रहित बनाउन तथा आकर्षक फुल स्क्रिनका लागि यसमा शानदार पानारोमिक स्क्रिन डिजाइनको प्रयोग गरिएको छ ।

परम्परागत मोबाइलसंग तुलनात्मकरुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने छ । यसले मोबाइल गेमर्स तथा मूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्छ ।

एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमा थप सुदृद्धिकरण तथा परिस्कृतिकरण उपलब्ध गराउँदै ओपोको एफ११ सिरिजले एफ सिरिजलाई थप नयाँ उचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापित गर्न कम्पनी अग्रसर देखिएको छ ।

मोबाइल फोन भनेको सञ्चार उपकरण मात्र नभइ कलाको एक प्रखर नमुना पनि हो भन्ने ओपोको सदैव विश्वास रहँदै आएको छ । फोनको आकर्षक ग्राडियण्ट लुक्स र उत्कृष्ट पानारोमिक स्क्रिनमा पनि यही विश्वासलाई निरन्तर्ता दिइएको छ ।

साथै, फोनको डिजाइनमा कम्पनीले ‘नेचुरल क्रिएसन’मा आधारित डिजाइन सिद्धान्तको अवलम्बन गरेको छ । यी फिचर्सका साथै, ओपो एफ११ सिरिज मार्फत कम्पनीले स्मार्टफोनसंग सम्बन्धित अत्यधिक तात्ने, ल्याग हुने, ब्याट्री लगायत समस्याको सामाधान उपलब्ध गराउँदै समग्र प्रयोगकर्ता अनुभवमा उत्कृष्टता दिने प्रयास गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित: २५ चैत्र २०७५, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

२५ चैत्र २०७५, सोमबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२५ चैत्र २०७५, सोमबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२५ चैत्र २०७५, सोमबार