सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त

Technology Khabar २५ चैत्र २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बोधराज देवकोटालाई बैशाख १ गतेबाट लागु हुने गरि नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

बैंकको चैत २४ गते आइतबार बसेको २९७ औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका बोधराज देवकोटालाई आउँदो बैशाख १ गते बाट लागु हुने गरि नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गणेशराज पोखरेल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा हालै नियुक्त भई रिक्त हुन गएको नायव प्रमुख कार्यकरी अधिकृत पदमा देवकोटालाई नियुक्त गरिएको हो ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एम.फिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । सो बैंकमा आबद्ध हुनु अगाडी उनी नेपाल बैंकमा रहेका थिए । उनीसँग बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव रहेको बैंकले जनाएको छ ।

प्रकाशित: २५ चैत्र २०७५, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

२५ चैत्र २०७५, सोमबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२५ चैत्र २०७५, सोमबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२५ चैत्र २०७५, सोमबार