काठमाडौं ।
काठमाडौं । फेसबुक, इन्स्टाग्राम र मेसेन्जर अब विन्डोजका स्मार्टफोनहरुमा बन्द हुने भएको छ । विण्डोजमा आधारित अपरेटिंग सिस्टम भएका ती स्मार्टफोनहरुमा अप्रिल ३० बाट बन्द सर्पोट गरिनेछ। विन्डोज फोनमा फेसबुक सपोर्ट बन्द गर्ने तयारीमा रहेको माइक्रोसफ्टले पुष्टि गरेको छ।
यदि तपाईसँग पनि विन्डोजमा आधारित स्मार्टफोन छ भने, तपाईंले यी उल्लेखित सोशल मिडियाको सपोर्ट सर्भिस प्राप्त गर्नुहुने छैन। तथापि, विन्डोज फोन प्रयोगकर्ताहरूले अझै पनि यी सोशल मिडिया प्रयोग गर्न सक्नेछन्, तर यो तेस्रो पक्ष एप वा वेबद्वारा समर्थित किसिमको मात्र हुनेछ।
पछिल्लो दिनहरुा विन्डोज स्मार्टफोनहरू निर्माण भएन र माइक्रोसफ्टले लामो समय देखि यसको स्मार्टफोनहरू लॉन्च गर्न रोकेको छ। यसअघि नै पुरानो विन्डोज फोनमा ह्वाट्सएपको सर्पोट बन्द गरिएको छ। यद्यपि, यो स्पष्ट छैन कि ह्वाट्सएप सबै विन्डोज फोनमा बन्द गरिन्छ वा गरिँदैन्।
माइक्रोसफ्टले यसअघि नै आफैंले घोषणा गरेको छ कि सन् २०१९ डिसेम्बरपछि विण्डोज फोनहरुमा सेक्यूरिटी अपडेटहरू जारी गरिने छैन्। यसको अर्थ, यो वर्षपछि विन्डोज फोन किन्नु वा प्रयोग गर्नु सेक्यूरिटीको कारण खतराजन्य हुनेछ ।
रेडिट पोष्टमा प्रयोगकर्ताहरूले यो जानकारी पोस्ट गरेका छन्। केही प्रयोगकर्ताले स्क्रिनसटलाई पनि पोस्ट गरेको छ, जसमा इन्स्टाग्रामको एउटा पोष्ट रहेको छ । सो सूचनाअनुसार विन्डोज फोनका लागि इन्स्टाग्राम छिटै बन्द हुँदैछ । विन्डोज फोनको लागि इन्स्टाग्राम अप्रिल ३० देखि उपलब्ध हुनेछैन। तर तपाइँ अझै पनि वेब ब्राउजरबाट इन्स्टाग्राम प्रयोग गर्न सक्षम हुनुहुनेछ।
माइक्रोसफ्टले बनाउने विन्डोज फोनको अन्त्य सन्२०१७ मै भएको मानिन्छ । ठूला डेभलपरहरुले विण्डोज फोनको लागि सपोर्ट बन्द गरिरहेका छन् । अब फेसबुकले विण्डोज स्मार्टफोनमा सपोर्ट बन्द गर्ने घोषणा गरेको छ।
माइक्रोसफ्ट स्टोरमा अझै पनि फेसबुक, मेसेन्जर र इन्स्टाग्राम एप्स स्टोरमा छ, तर यो अझै स्पष्ट छैन की अप्रिल ३० तारिखपछि कति विण्डोज स्मार्टफोन प्रयोगकर्ताहरु यो निर्णयबाट प्रभावित हुनेछन् । एजेन्सी
प्रकाशित: २३ चैत्र २०७५, शनिबार