यसरी परिक्षण गर्छ सामसंगले ग्यालेक्सी फोल्ड, २ लाख पटकसम्म फोल्ड गर्दा नबिग्रने

Technology Khabar १४ चैत्र २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । सामसंग ग्यालेक्सी फोल्ड विश्वको पहिलो व्यवसायीकरुपमा उपलब्ध हुने फोल्डिंग फोन हुनेछ जसको मूल्य करिब २ हजार यूरो हुनेछ । यो स्मार्टफोन केहि समयअघि कम्पनीले ग्यालेक्सी एस १० सिरिजसँगै सार्वजनिक गरेको थियो ।

यो स्मार्टफोनको लागि प्रि अर्डर केहि महिनाभित्रै हुने तयारीमा छ जसको लागि संभावित खरिदकर्ताहरुलाई यो स्मार्टफोनमा तिरेको मूल्यको बारेमा केहि अपेक्षाहरु हुनसक्छन् ।

सामसंगले त्यसैलाई ध्यानमा राखेर हालै ग्यालेक्सी फोल्ड स्मार्टफोन २ लाख पटक फोल्ड गर्न सकिने जानकारी दिएको छ । यसमा कुनै समस्या नआउने दाबी समेत गरेको छ । यसको लागि कम्पनीले विभिन्न फोल्डिंग परिक्षण गरेको उल्लेख गरेको छ ।

ग्यालेक्सी फोल्डजोडिएको मेसिनले पटक पटक स्मार्टफोनलाई खोल्ने र बन्द गर्ने गरेको छ जून एकसातासम्म समग्रमा २ लाख पटक खोल्ने र बन्द गर्ने गर्दछ । यो परिक्षणले स्मार्टफोन प्रयोगकर्ताले निरन्तर ५ वर्षसम्म प्रयोग गर्दापनि फोल्डमा समस्या नआउने बताईएको छ ।

हालै सामसंगले ग्यालेक्सी फोल्ड कसरी हुन्छ भन्ने भिडियो राखेको छ , जसमा निरन्तर मेसिनले सो स्मार्टफोनलाई खोल्ने र बन्द गर्ने गरिरहेको देखिन्छ ।

https://www.youtube.com/watch?time_continue=2&v=McdgS3Popjk

प्रकाशित: १४ चैत्र २०७५, बिहीबार

तपाइको प्रतिक्रिया