Technology Khabar १३ चैत्र २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । माइक्रो ब्लगिंग साइट ट्वीटरले आफ्ना यूजर्सलाई हाल भाइरल भईरहेको प्रांकको बारेमा सचेत गराएको छ ।
ट्वीटरमा हाल भाइरल भईरहेको एक प्रांकका कारण विभिन्न प्रयोगकर्ताहरुको ट्वीटर एकाउन्ट नै भटाभट लक हुन थालेपछि ट्वीटरले आधिकारीकरुपमा नै सो प्रांकलाई पालना नगर्न भनेको हो ।
हाल ट्वीटरमा एकटा प्रांक निकै भाइरल भईरहेको छ, जसमा ट्वीटर प्रयोगकर्ताहरुलाई आफ्नो फीडलाई कलरफुल बनाउने तरिका भनेर सिकाईएको छ । जसमा उनीहरुलाई आफ्नो प्रोफाइलको जन्म दिवसलाई सन् २००७ मा परिवर्तन गरेमा फीड कलरफुल हुने बताईएको छ ।
सो भाइलर ट्वीट सोमबारदेखि विश्वभर १८ हजार भन्दा बढि पटक रिट्वीट भईसकेको छ ।
तर ट्वीटरले आधिकारिकरुपमा नै सो बारेमा ध्यानाकर्षण भएको भन्दै त्यसले यूजर्सको ट्वीटर एकाउन्ट लक हुने बताएको छ ।
ट्वीटरले यूजर्सको प्रोफाइलमा जन्ममिति सन् २००७ बनाएमा सो ट्वीटर प्रयोगकर्ताको उमेर ट्वीटरको नियमअनुसार कम हुने हुँदा सो एकाउन्ट नै लक हुने बतााएको छ । अर्थात ट्वीटरले १३ भन्दा मुनीका उमेरको लागि ट्वीटर एकाउन्ट खोल्न नदिने नीतिअनुसार सो उमेर भन्दा माथिकाले मात्र ट्वीटर एकाउन्ट खोल्न सक्दछन् । कम्पनीले जेनेरल डाटा प्रोटेक्सन रेगुलेसन अन्तरगत सो उमेर हद तोकेको हो ।
तर कुनै प्रयोगकर्ताले सो भाइरल ट्वीटअनुसार आफ्नो जन्म मिति सन् २००७ बनाएमा सो व्यक्तिको उमेर १३ वर्ष भन्दा कम हुनेहुँदा सो एकाउन्ट लक हुन्छ । किनकी सन् २००७ देखि सन् २०१९ सम्मको वर्ष हिसाब गर्दा केबल १२ वर्ष मात्र हुन्छ र त्यो एकाउन्ट स्वत लक हुन्छ ।
यदि कसैको यो विषयमा ट्वीटर एकाउन्ट लक भएमा सो यूजरले पुन आफ्नो एकाउन्ट खोल्नको लागि ट्वीटरमा निवेदन दिन सक्नेछ तर त्यसको लागि यूजरले एउटा फर्म भर्नुपर्ने हुन्छ र त्यसलाई ट्वीटरको टीमले सहयोग गर्नेछ ।
प्रकाशित: १३ चैत्र २०७५, बुधबार