Technology Khabar १० चैत्र २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । इलेक्ट्रीक कार मेकर टेस्लाको मोडल थ्री कारको सफ्टवेयरलाई ह्याक गरिएको छ । सेक्यूरिटी रिसर्चरहरुको टिमले टेस्ला मोडल ३ कार पावनटूओन २०१९ ह्याकिंग कन्टेस्टमा ह्याक गर्न सफल भएका छन् ।
क्यानाडाको भ्यानकुभरमा आयोजना गरिएको सो ह्याकाथनमा पहिलो पटक गाडि ह्याक गर्न राखिएको थियो भने टेस्लाले ह्याकरलाई गाडि दिने घोषणा गरेको थियो ।
टिम फ्लोरोआसेटेटका अमाट कामा र रिचार्ड झुले टेस्लाको कार ह्याक गर्न सफल भएका थिए । उनीहरुले ब्राउजरमार्फत एक संदेश कारमा पठाउन सफल भएका थिए ।
उनीहरुले जेआईटी बगको प्रयोग गरेको थिए, जसले कारको फार्मवेयरमा विशेष कोड पठाएको थियो र त्यसले कारको इन्टरनेटमेन्ट सिस्टममा संदेश देखाएको थियो ।
ह्याकरको टिमले पूर्व घोषित योजनाअनुसार उनीहरुले सो ह्याक गरेको कार नै उपहारमा प्राप्त गरेका थिए भने अतिरिक्त ३५ हजार अमेरिकी डलर प्राप्त गरेका थिए ।
टेस्ला मोडल ३ ह्याक भएपछि टेस्लाका प्रवक्ताले आगामी दिनमा कारको सफ्टवेयरमा अपडेट गरेर सुरक्षित बनाईने बताए ।
टेस्ला कार ह्याक गर्ने टिम नै सो पावनटूओन २०१९ ह्याकाथनमा बिजेता घोषित समेत भएको थियो ।
सो टिमले एप्पल सफारी, फायरफक्स, माइक्रोसफ्ट एज, भीएमवेयर वर्कस्टेशन र विण्डोज १० ह्याक गरेका थिए । उनीहरुले कुल ३ लाख ७५ हजार डलर प्राइज मनि प्राप्त गर्न सफल भए ।
प्रकाशित: १० चैत्र २०७५, आईतवार