Technology Khabar ७ चैत्र २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । वेबब्राउजर ओपेराले डेस्कटपमा अनलिमिटेड र निशुल्क भीपीएन उपलब्ध गराएको करिब २ वर्षपछि मोबाइल फोनमा पनि उपलब्ध गराएको छ । ओपेराले एन्ड्रोयड स्मार्टफोन यूजर्सका लागि अनलिमिटेड भीपीएन सर्भिस उपलब्ध गराएको हो ।
कम्पनीले आफ्नो नयाँ भर्सनको ओपेरा भर्सन ५१ (Opera version 51)मा एन्ड्रोयडको लागि भीपीएन सर्भिस लन्च गरेको छ जसले कम्पनीको यूजर सेक्यूरिटीलाई ध्यान दिनेछ ।
ओपेराले प्रयोगकर्ताको अनलाइन प्राइभेसीलाई प्रयोगकर्ताले नै नियन्त्रण गर्नसक्ने दाबी गरेको छ, विशेषगरि सार्वजनिक वाईफाई नेटवर्कस प्रयोग गरेको बेलामा । भीपीएन सर्भिसले लगइनको कुनै डाटा स्टोर गर्दैन अर्थात एन्ड्रोयड स्मार्टफोनबाट ओपेरा ब्राउजर प्रयोग गर्दा यूजरको डाटा स्टोर सर्भरमा हुँदैन् ।

नयाँ फीचर प्रयोग गर्नको लागि तपाईँले सामान्यरुपमा आफ्नो स्मार्टफोनमा ओपेरा ब्राउजर डाउनलोड गर्नुस वा अहिले प्रयोग गरिरहेको एप्सलाई अपडेट गर्नुस र त्यसको सेटिंगमा जानुस् । जहाँ तपाईँले भीपीएन सब मेनु देख्नुहुनेछ । यदि तपाईँले त्यसलाई एक्टिभ गरेको खण्डमा २५६ बीट इन्क्रिप्सन सिर्जना हुनेछ जसले तपाईँको प्राइभेट कनेक्सन अर्थात यूजर्सको डिभाइस र रिमोट भीपीएसन सर्भरबिच लाई सुरक्षित पार्नेछ ।
यसमा भएको फीचरले तपाईँको लोकेसन कुन देशबाट हो भनेर खुलाउने छैन तर मुख्यरुपमा तीन क्षेत्रहरु अमेरिका, एशियार यूरोप भनेर देखाउनेछ ।
प्रकाशित: ७ चैत्र २०७५, बिहीबार