टोयोटा र सुजुकीबीच सम्झौता, संयुक्तरुपमा इलेक्ट्रीक कार उत्पादन गर्ने

Technology Khabar ६ चैत्र २०७५, बुधबार

काठमाडौं ।

काठमाडौं । जापानी कार निर्माता कम्पनी टोयोटा र सुजुकीले एक आपसमा इलेक्ट्रीक भेहिकल निर्माणको क्षेत्रमा सहकार्य गर्ने भएका छन् । टोयोटा मोटर कर्प र सुजुकी मोटोर कर्पले बुधबार एक अर्काका लागि इलेक्ट्रीक भेहिकल तथा कम्प्याक्ट कार उत्पादन गर्ने बताएका छन जसले तिब्रगतिमा परिवर्तन भईरहेको प्रविधिका साथ विश्व बजारमा प्रतिस्पर्धा गर्न सकियोस् ।

दुबै कम्पनीले गरेको सम्झौताअनुसार प्रारम्भिक अनुसन्धान तथा विकास गर्ने भनेर सन् २०१७ मा गरेको घोषणाअनुसार अगाडि बढ्नेछ । सम्झौताअनुसार सुजुकीले टोयोटाका लागि अझ बढि गाडिहरु उत्पादन गर्नेछ ।

सुुजुकी निकै सानो कम्पनी हो भने टोयोटा विश्वको सबैभन्दा ठूलो उत्पादक कम्पनी हो । टोयोटा हाईब्रिड टेक्नोलोजीमा लिडर कम्पनी हो जसले ठूलो मात्रामा अटोमेटेड ड्राइभिंगमा लगानी गरिरहेको छ भने सुजुकी सस्ता र कम्प्याक्ट कारहरुमा केन्द्रित रहेको छ । अन्य कम्पनीहरुपनि पछिल्लो दिनमा ठूलो मात्रामा इलेक्ट्रीक भेहिकल्स र सेल्फ ड्राइभिंग कारमा लगानी गरिरहेका छन् ।

नयाँ सम्झौताअनुसार सुजुकीले ग्यासोलीन हाइब्रीड सिस्टम कारहरुका लागि टोयोटाबाट लिनेछ, जून टोयोटाले प्रियुसका साथमा बनाउँदै आएकोछ ।

यसको बदलामा सुजुकीले टोयाटाका लागि भारतमा आफ्नो सियाज र एर्टिगा मोडलमा आधारीत कम्प्याट मोडलहरु उत्पादन गर्नेछ ।

भारतमा टोयोटालाई बिस्तारमा सुजुकीले सहयोग गर्नेछ, त्यसैगरि टोयोटाको कम उर्जा खपत गर्ने गाडिहरु तथा सेल्फ ड्राइभिंग कारहरुको अनुसन्धान र विकासको उपयोग गर्नेछ, जहाँ सुजुकी पुग्नको लागि संघर्षरत छ ।

टोयोटाले यूरोपेली बजारमा सुजुकीका लागि आफ्नो र्याभ फोर एसयूभी क्रसओभर र कोलोरा वागनमा आधारित इलेक्ट्रीक भेहिकल बनाईदिनेछ । सोहि क्षेत्रमा सुजुकीले भने ग्यासोलीन कम्प्याक्ट भेहिकल मोडल टोयोटालाई उपलब्ध गराउनेछ ।

प्रकाशित: ६ चैत्र २०७५, बुधबार

तपाइको प्रतिक्रिया