एनसेलको ‘सुपर सेलर’ योजना, उपहारमा कार, युरोप भ्रमण पाईने

Technology Khabar ४ चैत्र २०७५, सोमबार

काठमाडौं ।

काठमाडौं । एनसेलले देशभरी रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना ल्याएको छ । सो योजना अन्तर्गत खुद्रा बिक्रेताले बम्पर उपहार स्वरुप कार, युरोप भ्रमण र आईफोन एक्स जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् ।

यो योजना चैत्र १ गतेबाट लागु भएको छ र १० महिनासम्म संचालनमा रहने कम्पनीले जनाएको छ ।

योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ ।

यो योजना अन्तर्गत खुद्रा बिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समुह मध्य कुनै एक समुहमा आफुलाई सहभागी गराई उपहार पाउन सक्छन् । बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वाशिङ्ग मशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरु जित्न सक्ने बताईएको छ।

‘एनसेल सुपर सेलर’ योजना लागु भएको ६ महिना पश्चात खुद्रा बिक्रेताहरुले आफुले संकलन गरेका आवश्यक अंकका आधारमा उपहार दाबी गर्न सक्नेछन् । यस योजनामा सहभागिता जनाउनका लागि खुद्रा बिक्रेताहरुले रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी एनसेलको सेल्स एण्ड डिष्ट्रिब्युसन एप बाट खरिद गरेको हुनुपर्नेछ ।

यस योजनाको चार समुह अन्तर्गत खुद्रा बिक्रेताहरुले ३,७०० भन्दा बढी उपहारहरु जित्नेछन् । साथै योजनामा सहभागी मध्ये उत्कृष्ट १०,००० खुद्रा बिक्रेताहरुलाई पनि एनसेल गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित: ४ चैत्र २०७५, सोमबार

तपाइको प्रतिक्रिया