स्प्राईट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि अफरमा २४ हजार भन्दा बढि विजेता पुरस्कृत

Technology Khabar ३ चैत्र २०७५, आईतवार

काठमाडौं ।

काठमाडौं । स्प्राईट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि अफरमा फागुन २५ गतेसम्म २४ हजार भन्दा बढि उपभोक्ताले सहभागीता जनाएर रु २५ लाख बराबरको टक टाइम जित्न सफल भएका छन् ।

उक्त अफर अन्तर्गत उपभोक्ताले कोका–कोला ब्राण्डका कोका–कोला, स्प्राईट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडाको २५० एमएलको आरजीबि अर्थात शिशाको बोतल किनेर प्रत्येक दिन रु १० देखि रु १० हजारसम्मको टक टाइम र १ थान सामसुङ ग्यालेक्सी नोट ९ जित्न सक्ने कम्पनीले जानकारी दिएको छ।

यस अफरमा सहभागी हुन उपभोक्ताले बिर्कोको तल्लो भागमा रहेको ८ अंकको यूनिक कोड ३६७६८ मा एसएमएस गर्नुपर्नेछ । उक्त योजना चैत्र १७ गतेसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३ चैत्र २०७५, आईतवार

तपाइको प्रतिक्रिया