Technology Khabar १ चैत्र २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई एक्सचेन्ज योजना सुरु गरेको छ । कम्पनीले फागुन ३० गते विहिबारदेखि २०७५ चैत ५ गते मङ्गलवारसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुण्डाई एक्सचेन्ज कार्यक्रम ल्याएको हो ।
एक्सचेन्ज योजनामा स्पट एक्सचेन्ज र इजी फाईनान्सका साथै इन्स्योरेन्स त्यसैगरी क्यास डिस्काउन्ट र लोयल्टी बोनस १५ हजार रुपैयाँ बराबरको दिएको जानकारी दिएको छ ।
कम्पनीले ४ बर्षको फ्रि सर्भिस, ३ बर्षको वारेन्टी पनि दिएको छ । यी बाहेक एक्स्चेन्ज अवधिभर हुण्डाई अल न्यू स्यान्ट्रोसँग कुनैपनि गाडिको एक्स्चेन्जमा विशेष अफरका साथै हुण्डाई अल न्यू स्यान्ट्रो प्रत्येक टेष्ट ड्राइभमा आकर्षक हुण्डाई उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धक रुपेश शर्मा भट्टले ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको र देश व्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने बताए ।
प्रकाशित: १ चैत्र २०७५, शुक्रबार