Technology Khabar ३० फाल्गुन २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । नेपालको आफ्नै सेक्यूरिटी प्रिन्टिंग प्रेस राख्ने र आफ्नै स्याटेलाइट राख्ने कार्य अब तिब्र गतिमा हुने भएको छ ।
नेपालको आफ्नै सेक्यूरिटी प्रिन्टिंग प्रेस राख्ने र आफ्नै स्याटेलाइट लन्च गर्नका लागि फ्रांन्स सरकार र स्याटेलाइट लन्च गर्ने कम्पनीसँग गरिएको समझदारीलाई सरकारले मान्यता दिएको छ ।
यसै साता बसेको मन्त्रिपरिषदको वैठकले सो समझदारीलाई मान्यता दिँदै सो प्रकृया अगाडि बढाउन अनुमति दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले बताएको छ ।
‘अब सेक्यूरिटी प्रेसको काम र स्याटेलाइटको काम समयमै सक्ने गरि काम शुरु गर्न बाटो खुला भएकोछ, मन्त्रिपरिषदले यसलाई अगाडि बढाउन भनिसकेको छ,’ स्रोतले दाबी गर्यो ।
स्रोतकाअनुसार सम्बन्धित निकायले सेक्यूरिटी प्रेस र स्याटेलाइटको काम अब द्रूतगतिमा अघि बढाउनसक्छ र समयमावधि भित्रै सो कार्यक्रम पुरा गर्न बाटो खुला भएको छ ।
यसअघि संचार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले फ्रांन्सका सहकर्मी मन्त्रिसँग लेटर अफ इन्टेन्टमा हस्ताक्षर गरेका थिए भने सेक्यूरिटी प्रेस तथा स्याटेलाइटको लागि छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर गरिएको जानकारी मन्त्रिले दिएका थिए ।
सरकारले सेक्यूरिटी प्रेस काभ्रेको बनेपामा रहेको आईटि पार्कमा राख्ने योजना लिएको छ भने स्याटेलाइटको काम नेपाल दूरसंचार प्राधिकरणले गर्नेछ ।
प्रकाशित: ३० फाल्गुन २०७५, बिहीबार