बीमाको प्रिमियम अब अनलाइनबाटै, मेट–लाइफको प्रिमियम इसेवाबाट तिर्न सकिने

  • Technology Khabar | २६ फाल्गुन २०७५, आईतवार
बीमाको प्रिमियम अब अनलाइनबाटै, मेट–लाइफको प्रिमियम इसेवाबाट तिर्न सकिने

काठमाडौं ।

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा मार्फत अबदेखि अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । इसेवामार्फत पहिलो पटक जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरू भएको हो ।

इसेवाबाट विभिन्न ८ वटा निर्जिवन बीमा कम्पनीको पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । पहिलो पटक जीवन बीमा कम्पनीले अनलाइन मार्फत प्रिमियम भुक्तानी लिन सुरू गरेको कम्पनीले जानकारी दिएको छ ।

अनलाइन प्रिमियम भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र मेटलाइफको तर्फबाट भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरे ।

‘हाम्रो सहकार्यले हाल जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर अथवा एजेन्टसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गरिदिएको छ, अबदेखि बिमितहरूले घरमै बसेर सजिलै प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ,’ इसेवा फोन पे प्रालिका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ।

‘ग्राहक केन्द्रित कम्पनीको रूपमा हामी सधैं हाम्रो ग्राहकहरूको अनुभव सुधार गर्न लागिपरेका छौं र हामी थप डिजिटाइजिङ तर्फ जाँदैछौं साथै हाम्रो ग्राहकहरूको सुविधाको लागि हाम्रो प्रक्रियालाई सरल बनाउनेछौं,’ मेटलाइफ नेपालका भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भने ।

देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका कम्पनीले जनाएको छ।

प्रकाशित: २६ फाल्गुन २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...