विश्वकै शक्तिशाली इलेक्ट्रीक हाइपरकार बाटिस्टा, २ सेकेण्डमा १०० किमीको गति

  • Technology Khabar | २२ फाल्गुन २०७५, बुधबार
विश्वकै शक्तिशाली इलेक्ट्रीक हाइपरकार बाटिस्टा, २ सेकेण्डमा १०० किमीको गति

काठमाडौं ।

काठमाडौं । भारतीय गाडि निर्माता कम्पनी महेन्द्राको स्वामित्वमा रहेको अटोमोबाइल कम्पनी अटोमोबिली पिनिनफेरिनाले इलेक्ट्रीक हाइपरकार प्रदर्शन गरेको छ । कम्पनीले जेनेभा अटो शोमा शक्तिशाली इलेक्ट्रीक कार प्रदर्शन गरेको हो ।

यो बाटिस्टा नामक कारलाई पिनिनफेरिनाले कार निर्माताको रुपमा पहिलो पटक सार्वजनिक गरेको हो ।

पिनिनफेरिना बाटिस्टाको केबल १५० यूनिटस मात्र निर्माण गरिनेछ, जसमध्ये ५० यूनिट यूरोप, ५० यूनिट नर्थ अमेरिका, ५० यूनिट मिडिल इस्ट तथा एशियाको बजारमा बिक्री गरिनेछ ।

पिनिनफेरिना बाटिस्टामा चार इलेक्ट्रीक मोटर्स राखिएको छ जून प्रत्येक ह्वीलको लागि हो । यसले कुल १,८७३ बिएचपीको पावर तथा २,३०० एनएमको पिक टर्क जेनेरेट गर्दछ । यो कार बजारमा सन् २०२० मा मात्र उपलब्ध हुनेछ । यो कारको पावर फर्मुला वान रेसिंग कारको भन्दा करिब दोब्बर अधिक हो ।

बाटिस्टामा टर्क भेक्टरिंग तथा अल ह्वील ड्राइभ उपलब्ध छ । जसले गर्दा यो कारले केबल १ सेकेण्डमा नै १०० किलोमिटर प्रति घण्टाको गति लिन्छ । यसको टप स्पीड ३५० किलोमिटर प्रति घण्टा रहेको छ । बाटिस्टाको लागि पावरट्रेनलाई पिनिनफेरिनाले क्रोएशियाली इलेक्ट्रीक हाइपरकार निर्माता रिमेकका साथमा साझेदारी गरेर विकास गरिएको हो ।

अल इलेक्ट्रीक पिनिनफेरिना बाटिस्टामा ब्याट्री प्याकलाई हाइपरकारको चेसिसमा टी सेपमा राखिएको छ । यसमा १२० किलोवाट आवरको ब्याट्री राखिएको छ । कम्पनीकाअनुसार यसलाई एक पटक चार्ज गर्दा ४५० किलोमिटरको रेन्ज दिनेछ । त्यसैगरि यो कारमा डिसी फास्ट चार्जिंग क्यापासिटी पनि उपलब्ध हुनेछ ।

पिनिनफेरिना बाटिस्टाको फ्रन्ट तथा रियरमा आल्मुनियम क्र्याश स्ट्रक्चरका साथमा एउटा कार्बन फाइबर मोनोकोक चेसिस राखिएको छ । यसमा कार्बन फाइबर बडी प्यानल छ ।

यो कारको बजार मूल्य २० लाख अमेरिकी डलरको हाराहारीमा हुने बताईएको छ ।

प्रकाशित: २२ फाल्गुन २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...