नेपाली भूउपग्रह वैशाख ४ मा प्रक्षेपण गरिँदै

Technology Khabar २० फाल्गुन २०७५, सोमबार

नेपाली भूउपग्रह वैशाख ४ मा प्रक्षेपण गरिँदै
प्रतिकात्मक

काठमाडौं ।

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान९नाष्ट०ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो ।

यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी वैशाखमा प्रक्षेपणको तयारी गर्ने भने पनि गते निश्चित गरिएको थिएन ।

“करीब ४०० किलोमिटरमाथि आकाशबाट भूउपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको छ,” नाष्टका उपकुलपति सानोबाबु श्रेष्ठले भने, “त्यसका लागि नाष्टको कार्यालयमा विभिन्न योजना निर्माणको काम भइरहेको छ । ”

भूउपग्रह निर्माणबाट विगतमा नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्याङ्क सङ्कलनमा खर्च हुने रकम जोहो हुने भएको छ । नेपालले भावी दिनमा आफ्नै पहलमा सम्पूर्ण जानकारी लिन सक्ने छ ।

सो भूउपग्रहका माध्यमबाट अन्य देशले प्रक्षेपण गरेको अर्को भूउपग्रह नजीक पर्दा त्यसबाट पनि थप सेवा लिन सकिने बताइएको छ ।

प्रकाशित: २० फाल्गुन २०७५, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

२० फाल्गुन २०७५, सोमबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२० फाल्गुन २०७५, सोमबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२० फाल्गुन २०७५, सोमबार