सामसंग ग्यालेक्सी एस१० सिरिजको प्रिअर्डर खुल्ला, यसरी आफ्नो फोन बुकिंग गर्नुस्

  • Technology Khabar | १६ फाल्गुन २०७५, बिहीबार
सामसंग ग्यालेक्सी एस१० सिरिजको प्रिअर्डर खुल्ला, यसरी आफ्नो फोन बुकिंग गर्नुस्

काठमाडौं ।

काठमाडौं । सामसंगले नेपाली बजारमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस १० सिरिज (Galaxy S10 series) का तीन वटै नयाँ फोनहरु ल्याउने तयारी गरेको छ । सामसंग नेपालले हालै नेपाली बजारमा तीन वटै स्मार्टफोनको लागि प्रि-अर्डर खुला गरेको छ ।

कम्पनीले यी स्मार्टफोनहरुको लागि नेपालभरका विभिन्न शहरहरुमा रहेका आउटलेटबाट नै प्रि अर्डर गर्न सकिने व्यवस्था गरेको छ । तर कम्पनीले अनलाइनबाट नै सिधै प्रि अर्डर भने गराउन सकेको छैन् ।

ग्यालेक्सी एस १० सिरिजका एस १०ई, एस १० र एस १० प्लस स्मार्टफोनहरु बुकिंग गर्नका लागि नजिकको आउटलेटमा नै जानुपर्ने नियम बनाएको छ । तोकिएका आउटलेटहरुबाट मात्र सो फोन प्रिअर्डर गर्न सकिनेछ ।

कम्पनीले हालै प्रि-अर्डरको लागि नयाँ पेज खोलेको छ जसमा आउटलेटका कर्मचारीहरुले तपाईँले भरेको प्रि अर्डर फर्मको आधारमा अर्डर गरिदिनेछन् । त्यसको लागि न्यूनतम ५ हजार रुपैयाँ एडभान्समा ग्राहकहरुले तिर्नुपर्ने हुन्छ ।

तर तपाईँले आफैंले अनलाईनबाट नै नेपालमा प्रि अर्डर गर्छु भनेर गर्न सक्नुहुन्न्, जसले गर्दा व्यस्त दैनिकी भएका मानिसहरुको लागि अझैपनि अनलाईनबाट सामसंगको एस १० सिरिज अर्डर गरेर किन्न सकिने अवस्था छैन् ।

सामसंगले नेपाली बजारमा ग्यालेक्सी एस १०ईको बजार मूल्य९३ हजार ९ सय रुपैयाँ तोकेको छ भने यो केबल ब्ल्याक कलर अप्सनमा मात्र उपलब्ध हुनेछ । त्यस्तै ग्यालेक्सी एस १०को बजार मूल्य १ लाख १० हजार ९ सय रुपैयाँ तोकेको छ भने यो ह्वाइट, ब्ल्याक र ब्लू कलर अप्सनमा मात्र उपलब्ध हुनेछ ।यी दुबै मोडलका स्मार्टफोनहरु १२८ जीबी आन्तरिक स्टोरेजमा मात्र उपलब्ध हुनेछ ।

सामसंगले एस १० प्लसमा भने दुई स्टोरेज भेरिएन्ट ल्याएको छ, एउटा १२८ जीबी स्टोरेज छ भने अर्को५१२ जीबी आन्तरिक स्टोरेजमा आउनेछ । १२८ जीबी स्टोरेजको एस १० प्लस ब्ल्याक र ब्लूक कलर अप्सनमा आउनेछ भने ५१२ जीबी स्टोरेज मोडल केबल ब्ल्याक कलर अप्सनमा हुनेछ ।

सामसंगले प्रिअर्डर गर्ने नेपाली ग्राहकहरुका लागि १४ हजार ५६ सय रुपैयाँ तोकिएको ग्यालेक्सी बड्स निशुल्क दिनेछ ।

यसको साथै ग्यालेक्सी एस १० सिरिज खरिदकर्ताले शिखर इन्स्योरेन्सबाट १ वर्षसम्मका लागि ब्रेकेज बीमा पाउने छ भने विभिन्न बैंकहरुबाट मासिक किस्तामा पनि यो स्मार्टफोन किन्न सकिनेछ ।

त्यसैगरि खरिदकर्ताले टर्किस एयरलाइन्समा १५ प्रतिशतको छुट, केजीएच ग्रुपमा ५ हजार रुपैयाँको छुट, वयोदा हस्पिटल प्रालिमा १५ प्रतिशतको छुट, लेट मी ईनमा ३० प्रतिशतको छुट तथा एस ट्राभल्सबाट १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

प्रि-अर्डरकर्ताहरुमध्येबाट लक्की ड्रमार्फत ग्राहकले पहिलो पुरस्कारमा टर्किस एयरलाइन्सबाट बिजनेस क्लासको दुईतर्फि टिकट प्राप्त गर्नेछन भने दोस्रो पुरस्कारमा ग्यालेक्सी वाच ३ जनालाई, केजिएच ग्रुप पोखरामा एक जोडिका लागि २ दिनको बसाई तथा लेट मी ईनमा ५ हजार रुपैयाँ मूल्य बराबरको दुईवटा कुपन प्राप्त गर्न सक्नेछन् ।

यसरी गर्नुस् प्रि अर्डर-

  • सबैभन्दा पहिले एस १० सिरिजको प्रि अर्डरको लागि खोलिएको यो https://s10preorder.com/outlet पेजमा जानुहोस् ।
  • अब आफू बसिरहेको उपयुक्त स्थान छनौट गर्नुहोस् ।
  • तपाईँको स्थानमा भएको नजिकको सहज लोकेसन छान्नुहोस्
  • आधिकारिक लोकेसनमा जानुहोस् ।
  • तपाईँको व्यक्तिगत जानकारीसहितको प्रि अर्डर फर्म भर्नुहोस्
  • एडभान्समा ५ हजार रुपैयाँ ग्यालेक्सी एस १० प्रि अर्डरको लागि तिर्नुहोस् ।
  • तपाईँले रकम तिरिसकेपछि तपाईँको ईमेलमा प्रि अर्डर सुनिश्चित गरिएको ईमेल प्राप्त गर्नुहोस् ।

यी स्मार्टफोनहरु कम्पनीले नेपाली बजारमा प्रिअर्डर गर्ने ग्राहकहरुलाई १३ देखि १५ मार्चभित्र उपलब्ध गराउनेछ भने त्यसपछि मात्र नेपाली बजारमा औपचारिकरुपमा सार्वजनिक गर्ने योजना राखेको छ ।

प्रकाशित: १६ फाल्गुन २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार