ओपोले ए७ र एथ्रीएस स्मार्टफोनको बजार मूल्य घटायो

Technology Khabar ९ फाल्गुन २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा आफ्ना उपभोक्ताका लागि दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ र ए३एस (२ र ३ जीबी भ्यारियण्ट)लाई नयाँ आकर्षक समायोजित मूल्यमा उपलब्ध गराएको हो ।

अगस्ट २०१८मा सार्वजनिक ए३एस दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपी एआई सक्रिय फ्रण्ट क्यामेरा तथा फुल स्क्रिन सहित सार्वजनिक पहिलो उपकरण हो । यो फोन विशेषगरी मितब्ययी मूल्यमा अत्याधुनिक प्रविधि समायोजित स्मार्टफोन चलाउन चाहनेहरु लक्षित गरी सार्वजनिक गरिएको हो ।

त्यसैगरी, ए७ भने बिगर ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८मा सार्वजनिक गरिएको थियो । ए–सिरिज अन्तर्गत सार्वजनिक यी दूबै फोन नेपालमा सर्वाधिक विक्रि हुन सफल फोन मध्येका फोन भएको कम्पनीको दाबी छ ।

ओपो नेपालमा प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘नेपालमा हाम्रा उत्पादनका लागि उपभोक्ताको निरन्तर माया र सहयोगका लागि हामी सदैव कृतज्ञ छौँ । यही मायाँ र सद्भावका लागि कृतज्ञता स्वरुप हामीले हाम्रा केही बेष्ट सेलिङ फोनमा विशेष छुट सहित नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएका हौँ । यस नयाँ योजनाले हामीलाई हाम्रा उपभोक्तासंग थप नजिक ल्याउनेमा हामी विश्वस्त छौँ ।’

मूल्य समायोजन पश्चात अब ओपो ए७ नेपाली बजारमा रु. ३२ हजार ९ सय ९०मा उपलब्ध गरिएको छ । त्यसैगरी, ओपो ए३एस (३जीबी) रु. २४ हजार ५ सय ९० र ए३एस (२जीबी) रु. १८ हजार ४ सय ९०मा उपलब्ध गरिएको छ ।

४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको ओपो ए७मा उपभोक्ताको प्राकृतिक झैँ देखिने तस्विर खिच्ने चाहना पुरा होस् भन्ने सोचका साथ १६ एमपी फ्रण्ट क्यामेरा (एआई २.० सहितको) र १३+२एमपी डुअल रियर क्यामेराको ब्यवास्था गरिएको छ ।

त्यसैगरी, ओपो ए३एसमा भने १३+२ एमपी डुअल रियर क्यामेराका साथमा ८ एमपी एआई सक्रिय गरिएको फ्रण्ट क्यामेरा दिइएको छ । फोनमा सुपर फुल स्क्रिनका साथमा एआई ब्यूटी प्रविधि पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ९ फाल्गुन २०७५, बिहीबार

तपाइको प्रतिक्रिया