एलआइसी नेपालको ‘जीवन साथी’ नामक नयाँ बीमा योजना

  • Technology Khabar | २ फाल्गुन २०७५, बिहीबार
एलआइसी नेपालको ‘जीवन साथी’ नामक नयाँ बीमा योजना

काठमाडौं ।

काठमाडौं । एलआइसी नेपालले जीवन साथी नामक नयाँ बीमा योजना ल्याएको छ। बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बुधवार एक कार्यक्रमका बीच नयाँ योजना सार्वजनिक गरे।

कम्पनीकाअनुसार १८ देखि ६० वर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन्। न्यूनतम बीमाङ्क रकम २ लाख रुपैयाँ कायम गरिएको छ। यस योजनाको अवधि १५ वर्षको हुनेछ।

बीमा अवधिमा बीमितको निधन भएमा बीमांक र बोनस रकम निजको श्रीमान वा श्रीमतीलाई प्रदान गरिने र बाँकी अवधिको लागि निजको श्रीमान वा श्रीमतीलाई ५० प्रतिशत निशुल्क जीवन बीमा जोखिम बहन गरिने कम्पनीले जनाएको छ।

न्यून बीमा शुल्क लिन सकिने यो योजनामा अधिकतम ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभ समेत उपलव्ध छन्। २ वर्षको बीमा शुल्क भुक्तानीपश्चात बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत पाउने एलआइसीले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार