काठमाडौं ।
काठमाडौं । नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ फागुन ३, ४ र ५ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ ।
उक्त आयोजना हुन गइरहेको प्रदर्शनीमाा संसारका विभिन्न देशका २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरु का १२० भन्दा बढि स्टल रहने छन् । फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायसंग सम्बन्धित उत्पादनहरु को बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी दिने बताईएको छ ।
यस प्रदर्शनीमा नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियरहरु तथा इन्टेरीयर डिजाइनरहरुको सहभागिता रहनेछ । यस अन्तराष्ट्रिय प्रदर्शनीको मुल उदेश्यकोरुपमा नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउनु रहेको आयोजकले जानकारी दिएको छ ।
प्रकाशित: २९ माघ २०७५, मंगलवार