महालक्ष्मी लाईफको कारोबार आइतवारदेखि, नयाँ बीमा योजना सार्वजनिक

Technology Khabar २४ माघ २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । नेपालको १९ औं जीवन बीमा कम्पनीको रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले यही माघ २७ गते आइतबारदेखि कारोबार संचालन गर्ने भएको छ ।

कारोबार शुभारम्भसंगै कम्पनीले बीमा समितिबाट स्वीकृति लिए अनुरुप महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा गरी तीन किसिमको बीमा योजना बिक्रि गर्ने पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्ति पछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ । दोश्रो लगानी फिर्ता म्यादी बीमा योजनामा बीमाशुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्ति पछि जम्मा गरेको बीमाशुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी गरिनेछ । तेस्रो महालक्ष्मी सावधिक बीमा योजना अन्तर्गत न्युनतम बीमाशुल्कमा सुरक्षा पनि पाइने, बचत पनि हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने छ । उपरोक्त तीनवटा बीमा योजना मध्ये महालक्ष्मी डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना नेपालमा पहिलो पटक सार्वजनिक भएको एकदमै नौला बीमा योजना भएको कम्पनीको दाबी छ ।

कम्पनीले माघ भित्रै काठमाडौं, वीरगंज, पोखराबाट कारोवार गर्दैछ भने इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो साता भित्र कारोबार संचालनको तैयारीमा छ ।

कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालयको स्वीकृति लिए अनुसार फागुुन भित्र बाँकी विर्तामोड, इटहरी, लहान, नारायणगढ, बुटवल, दाङ्ग, सुर्खेत, कोहलपुर, धनगढी र जनकपुरमा शाखा कार्यालय खोलिसक्ने योजना रहेको छ । २०७६ आषाढ भित्र मध्य पहाडी क्षेत्रका १२ वटा र काठमाडौं उपत्यका भित्र थप १० वटा समेत कूल ३५ वटा शाखा कार्यालय सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

कम्पनीको चुक्ता पूँजी रु. २०० करोड रहेको छ । संस्थापकहरुबाट रु. १४० करोड चुक्ता भइसकेको छ भने रु. ६० करोड सर्वसाधारणको लागि छुट्याइएको छ । कम्पनीको सञ्चालक समितिमा अध्यक्ष मनोरञ्जन रमण शर्मा र सञ्चालकहरु उमेश लाल श्रेष्ठ, मोहन राज जोशी र सुरेश सापकोटा छन् ।

कम्पनीले आगामी आषाढ मसान्त सम्म ५ महिनामा करीब रु. ५० करोड बीमाशुल्क संकलन गर्ने लक्ष्य लिएर सम्पूर्ण कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

प्रकाशित: २४ माघ २०७५, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

२४ माघ २०७५, बिहीबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२४ माघ २०७५, बिहीबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२४ माघ २०७५, बिहीबार